site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अञ्जन झापा एफसीको ‘मार्की प्लेयर’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि झापा एफसीले नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अञ्जन विष्टलाई मार्की खेलाडीको रूपमा अनुबन्धित गरेको छ ।

झापा एफसीले सामाजिक सञ्जालबाट मार्की खेलाडीमा अञ्जनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५७ क्याप जितेका अञ्जनले १२ गोलसमेत गरेका छन् र सर्वाधिक गोलको कीर्तिमान बराबरी गर्न एक गोल मात्र टाढा छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

२५ वर्षीय अञ्जन चर्च ब्वाइज युनाइटेडबाट घरेलु लिग खेल्छन् । चर्च ब्वाइजले २०७९/०८० को उपाधि जित्दा अञ्जन टिमका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका थिए ।

उनी एनएसएलको पहिलो संस्करणमा 'बेस्ट फरवार्ड'समेत चुनिएका थिए । दुवै विङ्सबाट खेल्न उत्तिकै सक्षम उनले झापा एफसीको नेपाली फुटबल विकासको भिजन मन परेकै कारण आफूले झापा रोजेको बताए ।

Global Ime bank

“झापा एफसीको नेपाली फुटबललाई फरक रूपमा अगाडि बढाउने प्लान मलाई निकै मन परेकै कारण झापा रोजेको हु । टिमलाई च्याम्पियन बनाउन आफ्नो क्षमताले भ्याएसम्म सबै कुरामा योगदान पुर्‍याउने छु । यस टिमसँग जोडिन पाउँदा निकै गर्व महसुस भैरहेको छ,” अञ्जनले भने ।

झापाका प्रवक्ता तथा महासचिव सुजन गौतमले अञ्जनको आगमनले टिमलाई छुट्टै ऊर्जा मिलेको बताए ।

“नेपाली टिमका महत्त्वपूर्ण खेलाडी अञ्जनलाई अनुबन्ध गर्न पाउँदा निकै खुसी छौँ । अञ्जन एक प्रतिभाशाली खेलाडी मात्र नभएर राम्रो लिडर पनि हुन् । उनको आगमनले टिममा छुट्टै ऊर्जा मिलेको महसुस भएको छ,” गौतमले बताए ।

झापा एफसी दोस्रो संस्करणका लागि थपिएको तीन नयाँ टोलीमध्ये एक हो । एनएसएलको दोस्रो संस्करण मंसिर ८ गतेबाट काठमाडौंको दशरथ रंगशालामा आयोजना हुँदै छ । प्रतियोगिताको दोस्रो संस्करणका लागि अक्सन आगामी शनिबार हायात होटलमा सञ्चालन हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement