site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
हुन्डाईको कोना ईभी : ५४ मिनेटमा ८० प्रतिशत चार्ज, यस्तो छ मूल्य र फिचर

काठमाडौं । हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ विद्युतीय गाडी (ईभी) कोना जीएल सार्वजनिक गरेको छ।

कम्पनीले कोना ईभीको सुरुवाती भेरियन्ट जीएलको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।

यस्तै, जीएल–एस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

विद्युतीय गाडीको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो सर्वाधिक सफल इलेक्ट्रिक मोडल कोनाको जीएल भर्सन ल्याएको बताएको छ ।

यस्तो छ कोना जीएल
कम्पनीले क्रसओभर दाबी गरेको कोना जीएलमा उच्च ड्राइभिङ रेन्ज, नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभीटी रहेको बताएको छ ।

३९.२ किलोवाट आवरको ब्याट्री रहेको गाडी एक पटकको फुल चार्जमा ३०५ किलोमिटरसम्म गुड्ने कम्पनीको भनाइ छ ।

गाडीलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने छ ।

गाडीमा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ जस्ता आधुनिक सुरक्षा फिचर रहेको कम्पनीले जनाएको छ ।

आठ इन्चको टचस्क्रिनयुक्त भिजुअल न्याभिगेसन सिस्टम रहेको गाडी नेपाली बजारमा एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइटजस्ता कलर अप्सनमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro