site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पदयात्री र आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । शरद् ऋतुको आगमनसँगै हिमाली क्षेत्रमा पदयात्राका लागि जाने पदयात्री तथा आरोहीको स्वास्थ्य उपचारका निम्ति सातजनाको चिकित्सक टोली हिमालमा पुगेको छ ।

हिमालय उद्धार संघले हिमाली क्षेत्रमा घुम्न जाने पदयात्री र साना हिमालका लागि गएका आरोहीको स्वास्थ्य जाँचका लागि मनाङ र सोलुखुम्बुमा चिकित्सकको टोली पठाएको हो ।

संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द बस्यालले मनाङको मनाङगाउँ स्वास्थ्यचौकीमा चार र सोलुखुम्बुको फेरिचे स्वास्थ्यचौकीमा तीन चिकित्सक पठाइएको जानकारी दिए । उक्त टोलीले हिमालमा पुगेर स्वास्थ्य सेवाको काम सुरु गरिसकेको छ ।

Dabur Nepal
NIC Asia

स्वदेशी र विदेशी आरोही तीन हजार मिटरभन्दा माथि चढेपछि लेक लाग्ने र बिरामी हुने भएकाले प्राथमिक उपचारका लागि चिकित्सक पठाइएको उनको भनाइ छ ।

मनाङगाउँमा पठाइएका चिकित्सकमध्ये तीन विदेशी र एक नेपाली रहेका छन् । फेरिचेमा पठाइएका तीनै विदेशी चिकित्सक रहेका छन् ।

हिमालय उद्धार संघले पदयात्री तथा आरोहीको स्वास्थ्य जाँचमा टेवा पुर्‍याउने उद्देश्यले मनाङगाउँ र फेरिचेमा आफ्नै खर्चमा स्वास्थ्यचौकी निर्माण गरी सेवा प्रदान गर्दै आएको छ ।

संघका अध्यक्ष डम्बर पराजुलीले शरद् ऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी र स्वदेशी पर्यटक हिमाली क्षेत्रतर्फ गइसकेकाले चिकित्सकको टोली समेत पठाइसकिएको बताए ।

मनाङ जाने पर्वतारोहीले थोरङ्लापास, चुलु हिमाल, तिलिचो, अन्नपूर्ण–२, अन्नपूर्ण–४ लगायत हिमाल आरोहण गर्ने गरेका छन् । सोलुखुम्बुतर्फ जाने पर्यटकले आइल्यान्ड पिक, आमादब्लम, लोपुचे पिकलगायत हिमाल चढ्ने गरेका छन् ।

शरद् ऋतुमा सगरमाथा आरोहण गर्ने आरोही एकदमै कम भएकाले सगरमाथा आधारशिविरमा चिकित्सकको टोली नपठाइएको सो संघले जनाएको छ ।

सन् १९७३ मा स्थापना भएको संघले मनाङ, गोसाइँकुण्ड, फेरिचे र सगरमाथा आधारशिविरमा चिकित्सक पठाएर आरोहीको स्वास्थ्य जाँचमा सहयोग गर्दै आएको छ । संघले स्वदेशी र विदेशी चिकित्सकलाई तालिम दिएर सो क्षेत्रमा पठाउँदै आएको छ ।

उक्त क्षेत्रमा जाने चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलबाट अस्थायी दर्ता गर्ने र श्रम विभागबाट श्रम स्वीकृति लिएर पठाउने गरेको सीईओ बस्यालले बताए । चिकित्सकको टोली सो क्षेत्रमा तीन महिना रहने संघले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu