site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसीमा एमाले अधिवेशनको तयारी पूरा, पाँच प्रतिशत प्रतिनिधि टुंगिन बाँकी
Sarbottam CementSarbottam Cement

विराटनगर । नेकपा (एमाले)को कोसी प्रथम अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन आयोजक मूल समितिले विराटनगरमा पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी गराएको हो ।

प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले मनोनीतबाहेकका प्रतिनिधि छनोटको कार्य पूरा भएको जानकारी दिए ।

“भोलि उद्घाटन हुँदै छ । दुई दिनसम्म चल्नेछ । उद्घाटन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुनेछ,” उनले भने, “स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरु सहभागी हुनुहुनेछ । सम्पर्क मञ्च र कमिटीबाट पनि आमन्त्रण गरिएको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी एक हजार ४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने न्यौपानेले बताए ।  प्रदेश संगठन र तदर्थ हुँदै प्रदेश कमिटी बनेका थिए । निर्वाचन र मिसन ग्यास रुट जस्ता कार्यक्रमले केही पछि सरेको थियो ।

अधिवेशनले पार्टीको आन्तरिक जीवन व्यवस्थित गर्ने र मुलुकको समस्या समाधान पहल गर्ने पार्टीका प्रदेश इन्चार्ज रघुवीर महासेठले बताए ।‌ अधिवेशमा प्रदेश कमिटीको तर्फबाट वस्तुनिष्ठ समीक्षा, एमालेका भावि योजना तथा कार्यदिशा तय गर्ने बताइएको छ ।

Global Ime bank

“योजना कार्यान्वयन गर्न कुशल नेतृत्व छनोट गर्ने र सबै तयारी पूरा भएको छ,” उनले भने, “सकभर सर्वसम्मत गर्ने नभए प्रक्रियामा गई चुनाव हुनेछ ।”

अधिवेशन सम्पन्न गर्न मूल व्यवस्थापन समिति, अनुगमन निर्देशन समिति र १२ वटा उपसमिति बनेका छन् । कार्यक्रममा दिइएको जानकारीअनुसार ९९७ प्रतिनिधि चयन भए पनि त्यसको पाँच प्रतिशत प्रतिनिधि चयन हुन सकेको छैन ।

“जनवर्गीय संगठन, आम जनता र सर्वसाधारणलाई सफलताको लागि अपिल । मुलुकको राजनीति अब कसरी अघि बढ्ने भन्ने कोसेढुङ्गा सावित हुनेछ,” प्रदेश अध्यक्ष न्यौपानेले भने, “मनोनीत गर्न बाँकी छ । सहमति नभए चुनाव हुन्छ ।”

अधिवेशनबाट पाँच पदाधिकारीहरुसहित २१५ सदस्यीय कमिटी चयन हुने बताइएको छ ।

प्रदेश इन्चार्ज रघुवीर महासेठले एमालेलाई सक्न विभिन्न बाहिरका शक्ति लागिपरेको दाबी गर्दै भने, “काल्पनिक कुरा आएका छन् । एमालेमा नेतृत्वको लडाइँ छैन । प्रदेशमा प्यानलगत चुनाव हुँदैन ।” उनले दशौँ महाधिवेशनले स्पष्ट कार्यदिशा तय गरिसकेको बताए ।‌

प्रचार उपसमिति संयोजक शैलेश लामाले अधिवेशनले राजनीतिक वृत्तमा एक खालको सन्देश प्रवाह गर्ने बताए । भने, “संघीयता आएपछि पहिलो अधिवेशन हो । सबैले चासोपूर्वक हेरिरहेका छन् ।” पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य भीम आचार्य, अग्नि खरेल, राजेन्द्र गौतम, शिवमाया तुम्बाहाम्फेलगायत सहभागी थिए ।‌

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १४:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय