site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राहत शिक्षक अझै सडकमा

काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत, बालविकासलगायत शिक्षकहरूले बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

महासंघसँगको सहमतिमा आफूहरूको मागप्रति सरकारले कुनै सुनुवाइ नगरेको भन्दै राहत, पेन्सन वञ्चित, उमावि अनुदान, अस्थायी/करार बालविकास शिक्षक, कर्मचारी र कार्यालय सहयोगीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् । उनीहरूले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध र्‍याली निकाले ।

शिक्षकहरूको विरोधका कारण बिहीबार पनि सो क्षेत्रको यातायात व्यवस्था अस्तव्यस्त भएको छ । उनीहरूले विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोध गरेका छन् ।

राहत शिक्षकले शतप्रतिशत आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने र बालविकास शिक्षकहरूले बालविकास केन्द्र विद्यालय संरचनाभित्र ल्याउनुपर्ने, बालविकास शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने, बालविकास शिक्षकलाई आधारभूत तह शिक्षकसरह तलब हुनुपर्नेलगायत माग राखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro