site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको वाग्मती अधिवेशन : चुनावी प्रक्रियामा ढिलाइ

काठमाडौं । नेकपा (एमाले)को वाग्मती प्रदेशको नेतृत्व छान्न हुन लागेको निर्वाचनको निर्धारित कार्यतालिकामा ढिलाइ भएको छ । 

मंगलबार बन्द सत्रको कार्यक्रमपछि बुधबार उमेदवारी मनोनयन र बिहीबार बिहान ११ बजेबाट मतदानको कार्यक्रम तय भएको थियो । तर, बुधबार संशोधित कार्यतालिकाअनुसार पनि प्रक्रिया अघि बढ्न सकेको छैन । 

बुधबार साँझ उमेदवारी दर्ता भएको छ । तर, त्यसपछिका कार्यक्रम अघि बढ्न सकेको छैन । निर्वाचन समितिका प्रमुख डिल्ली मैनालीका अनुसार परिवर्तित कार्यतालिका प्रकाशित गर्ने तयारी भइरहेको छ । 

“अरु कार्यक्रम अब प्रकाशनको तयारीमा छौँ,” उनी भन्छन् ।  

नेताहरू अध्यक्ष मण्डलले सहमतिको प्रयास गरेकाले निर्वाचन प्रक्रियामा आलटाल भएको बताउँछन् । अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङ आफूहरूले सहमतिको प्रयास गरिरहेको बताउँछन् । 

असोज ८ गतेबाट जारी अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय कमिटी छान्नेछ । 

अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेको उमेदवारी परेको छ ।

यस्तै, उपाध्यक्षको लागि दावादोर्जे लामा, नारायणप्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उमेदवारी परेको छ ।

सचिवमा रत्ना गुरुङ, हस्त पण्डित, नवराज सिलवाल र डा. रामकुमार अधिकारीले उमेदवारी दिएका छन् ।

उपसचिवका लागि १२ जनाको उमेदवारी परेको छ । खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रीता गौतम ढकालले उपसचिवमा उमेदवारी दिएका छन् ।

अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव गरी पाँच पदाधिकारी चयन हुनेछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro