site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

नेपाली क्रिकेटरहरूले मंगोलियासँग बुधवार चीनमा खेलेको क्रिक्रेटमा चमत्कारै गरेका छन् । नेपाली क्रिकेटरले कायम गरेका विभिन्न कीर्तिमानका कारण उनीहरूको दुनियाँभर वाहवाही भएको छ । 

चीनमा अहिले १९ एसियाली खेलकुद भइरहेको छ । त्यहीअन्तर्गत नेपालले मंगोलियाँसँग ‘ट्वान्टी(२०’ क्रिक्रेट म्याच खेलेको थियो । खेलमा नेपाली क्रिकेटरले विभिन्न कीर्तिमान तोडेका थिए । 

ट्वान्टी(२० खेलमा अहिलेसम्मकै उच्च योगफल बनाउने,  प्रतिस्पर्धीलाई फराकिलो रनबाट हराउने, एउटै खेलमा सबैभन्दा धेरै ‘छक्का’ हान्नेलगायतका विश्व कीर्तिमान नेपाली टिमले कायम गरेको छ । वाह नेपाली क्रिकेटर त्यसै भनिएको हैन ।

Agni Group

साथै एकै खेलमा छिटो शतक र अर्धशतक बनाउने कीर्तिमान पनि नेपाली खेलाडीकै नाममा दर्ज भएको छ । अर्थात्, विश्वका ‘स्टार’ क्रिकेटरहरूको कीर्तिमान तोड्ने श्रेय नेपाली खेलाडीले पाए ।

मंगोलिया अपेक्षाकृत कमजोर टिम भएकाले पनि नेपाली खेलाडीलाई अपेक्षाकेत केही लाभ भयो होला । तर, नेपाली क्रिकेटरको प्रदर्शन साँच्चै नै उत्कृष्ट नभएको भए नेपालबाहिर यति तारिफ पक्कै हुने थिएन ।

Global Ime bank

राजनीति, अर्थतन्त्र, शासन, प्रशासन सबैतिर विफलता र निराशामात्र देखिएका बेला क्रिकेटरले नेपाली समाजलाई सन्तोषको लामो सास फेर्ने मौका दिए । यसका लागि उनीहरू स्याबासी र सम्मानका पात्र बनेका छन् ।

अब क्रिकेटरहरूलाई निराश हुन नदिने पालो नेपाली समाज र राज्यको हो । नेपाल क्रिकेट संघले उनीहरूका आवश्यकताका बारेमा बेलैमा राज्यलाई जानकारी गराई पूरा गरेर खेलाडीको सही कदर गर्ने प्रयास तत्काल थालोस् । 

क्रिकेटको विकासका लागि पूर्वाधार विकास गर्नेदेखि सम्भावना भएका खेलाडी खोजेर अवसर दिनेसम्मका दीर्घकालीन योजना बनाउने दायित्व एकातिर छ । तर, अहिले प्रतिस्पर्धारत खेलाडीलाई हौसला दिन तत्काल गर्नुपर्ने काममा ध्यान केन्द्रित हुनुपर्छ ।  

नेपाली टिमले प्रतियोगिताका बेलामा आफ्ना प्रतिस्पर्धीका तुलनामा कुनै कुराको कमी अनुभव गर्नु नपर्ने सुनिश्चित गर्नुपर्छ । यसका लागि तत्काल सरकार र क्रिकेट संघबीच समन्वय पनि हुनु जरुरी देखिन्छ ।

यसैगरी निजी क्षेत्रले पनि क्रिकेटको विकासमा सक्ने सहयोग गर्नुपर्छ । राष्ट्रले पाउने प्रतिफलको लाभांशको ठूलो हिस्सा अन्ततः  निजी क्षेत्रकै भागमा न पर्ने हो ।

यस सफलताले नेपाली क्रिकेट टिममा विवादास्पद खेलाडी सामेल नगरे पनि प्रदर्शनमा फरक नपर्ने सन्देश पनि प्रवाहित भएको छ । यसैले भविष्यमा सिंगो टिमलाई कलङ्कित पार्ने कुनै काम नहोस् । नबिर्सौँ, सफलतासँगै चुनौती थपिन्छ भने प्रतिस्पर्धीहरू थप चनाखो र रणनीतिक हुन्छन् । 

बुधवारको प्रदर्शनका लागि नेपाली क्रिकेटरलाई हार्दिक बधाई र स्याबासी दिऊँ । अबका प्रतिस्पर्धा बढी चुनौतीपूर्ण भए पनि नेपाली टिम पनि कमजोर नभएकाले हतास हुनुपर्दैन भनेर ढाडस पनि दिऊँ ! 

सिंगो नेपाल नेपाली क्रिकेटरहरूको चमत्कारी सफलताको प्रार्थना गर्दै शुभ समाचारको प्रतीक्षामा रहेको सन्देश उनीहरूसम्म पुगोस् ! वाह नेपाली क्रिकेटरहरू !

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu