site stats
बाह्रखरी :: Baahrakhari
खेल
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
नेपाल र भारतबीचको खेलको निर्णय अब पेनाल्टी सुटआउटबाट
Ghorahi CementGhorahi Cement

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा साविक विजेता भारत र घरेलु टिम नेपालबीचको खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको निर्धारित समय १–१ को बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुने भएको हो ।

Agni Group

निर्धारित समयको खेलमा साहील खुर्सिदले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । खुर्सिदले २६औँ मिनेटमा गोल गर्दै भारतलाई अग्रतामा राखेका थिए । 

तर, ७४औँ मिनेटमा समीर तामाङले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । दीपक थापामगरले निकालेको क्रसमा बक्सभित्र रहेका समिरले हेडर गोल गर्दै नेपाललाई बराबरीमा फर्काएका थिए । यसपछि थप गोल हुन नसक्दा खेल पेनाल्टीमा पुगेको हो । 

Global Ime bank

त्यसअघि ४७औँ मिनेटमा निराजन धामीको प्रहार पोस्टमा लागेर फर्किदा नेपालले बराबरीको मौका गुमाएको थियो । 

प्रतियोगितामा नेपाल समूह 'ए' को उपविजेता र भारत समूह 'बी' को विजेताको रूपमा सेमिफाइनल आएका हुन् । समूह चरणमा नेपालले पाकिस्तानसँग १–० को हार बेहोर्दा माल्दिभ्सलाई भने ४–१ ले हराएको थियो । भारतले भने समूहको पहिलो खेलमा बंगलादेशलाई ३–० ले र दोस्रो खेलमा भुटानलाई २–१ ले हराएको थियो । 

आजको खेलमा जित निकाल्ने टिमले फाइनलमा उपाधिका लागि पाकिस्तानसँग खेल्ने छ । पाकिस्तानले आजै भएको पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Citymoney expressCitymoney express
CG DetailCG Detail
Yeti AirlinesYeti Airlines
Maruti cementMaruti cement
सम्पादकीय
विरोध प्रदर्शनमा प्रहरी व्यवहार
विरोध प्रदर्शनमा प्रहरी व्यवहार
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu