site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘भिजिट भिसा दिँदा अध्यागमनमा करोडौँ लेनदेन हुन्छ, सरकार गम्भीर होस्’
फाइल तस्बिर।

काठमाडौं । भिजिट भिसामा विदेश पठाइँदा करोडौँ पैसा लेनदेन भएको भन्दै सत्तारूढ दलकै सांसदले त्यसतर्फ सरकारको चासो नगएकामा आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा बोल्दै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले भिजिट भिसा दिने क्रममा अध्यागमन विभागबाटै अनुचित लेनदेन गर्दै करोडौँको अवैधानिक कारोबार भइरहेकोतर्फ ध्यानकार्षण गराए । उनले अध्यागमनमार्फत भिजिट भिसामा विदेश जानेको संख्या नरोकिएको बताए ।

“भिजिट भिसामा अवैधानिक रूपमा हाम्रै एयरपोर्टबाट जाने, नभए दिल्लीबाट जाने । यो क्रम रोकिएको छैन । दिनमा १००, डेढ सय मान्छे भिजिट भिसामा गएकै छन्,” उनले भने, “भिसा दिने क्रममा अध्यागमनमै करोडौँको अनुचित लेनदेन हुन्छ भन्ने कुरा बजारमा आएको छ । यो बारेमा हामी गम्भीर हुनुपर्छ ।”

उनले छलफलका लागि सम्बन्धित निकाय र मन्त्रालयलाई सोध्न आवश्यक भएको बताए ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro