site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'विद्युत् प्राधिकरणले बक्यौतालाई पनि नाफा देखाएर गलत गर्दै छ'

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बास्कोटाले डेडिकेटेड लाइन र ट्रङ्क लाइनबाट उद्योग व्यवसायीहरूबाट बाँकी बक्यौता नउठे पनि नेपाल विद्युत् प्राधिकरणले त्यसैलाई आम्दानी देखाएर नाफा देखाएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले व्यवसायीबाट उठाउनैपर्ने बाँकी बक्यौता उठाउनुपर्ने भन्दै नउठेको पैसालाई आम्दानी देखाउने कार्य गलत भएको बताए ।

“तिर्न बाँकी छ भनेर बक्यौतामा देखाएर आम्दानी देखाउने चलन नेपाल विद्युत् प्राधिकरणले पहिलेदेखि चलाउँदै आएको यो खराब कुरा हो,” बास्कोटाले भने, “यो व्यवहारमा देखिएको छ ।”

लोडसेडिङको समयमा उद्योगीहरूलाई विशेष सुविधा दिन योजना ल्याइएको उनले बताए ।

बैठकमा बोल्दै राप्रपाका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले डेडिकेटेड लाइनको बाँकी बक्यौता असुल हुने सुनिश्चितता नभएको भन्दै त्यसलाई आम्दानी देखाएर विद्युत् प्राधिकरणलाई नाफा कमाएको संस्थाको रूपमा स्थापित गर्न खोजिएको बताए । यसको छिनोफानो गर्न आवश्यक रहेको उनले बताए । 

“उपभोग गरेको विद्युत्‌को शुल्क तिर्नुपर्‍यो, नगरेको तिर्न बाध्य गराउनुभएन । यसलाई चाँडो टुंगो लगाउनुपर्छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro