site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रामेछापको मन्थली नगरपालिका–१३, साँखेस्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता वृद्धि गरेको छ ।  

२२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभीए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २०० एमभीएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप गरिएको ट्रान्सफर्मरलाई मंगलबार चार्ज गरी सञ्चालनमा ल्याइएको छ । 

Agni Group

योसँगै २००/१३२ केभी सबस्टेसनको क्षमता अभिवृद्धि भइ ३०० एमभीए पुगेको छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा रामेछाप–नयाँ खिम्ती प्रसारण लाइन आयोजनाअन्तर्गत सबस्टेसनको क्षमता वृद्धि गरिएको हो । 

१३२ केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई नयाँ खिम्तीमा राखिएका ट्रान्सफर्मरबाट २२० केभीमा बढाएर खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ प्रवाह गरिने छ । १३२ केभी प्रसारण लाइनबाट आएको विद्युत् प्रवाहका लागि नयाँ खिम्ती सबस्टेसनमा राखिएको पावर ट्रान्सफर्मरको क्षमताले नधानेपछि नयाँ ट्रान्सफर्मर थप गरिएको हो । 

Global Ime bank

तामाकोसी, खिम्ती र लिखु नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइन हुँदै नयाँ खिम्तीमा समाहित हुँदा सबस्टेसनको क्षमताले नधान्ने अवस्था थियो । यसले गर्दा मुख्य रूपमा लिखु नदीमा निर्माण भएका केही जलविद्युत् आयोजनाहरूको विद्युत् पूर्णरूपमा प्रवाह हुन सकिरहेको थिएन । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ खिम्ती सबस्टेसनमा राखिएका नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै लिखु नदी करिडोरमा सञ्चालित जलविद्युत् आयोजनाहरूले बेहोरिरहेको विद्युत् प्रवाहको समस्या समाधान भएको बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Citymoney expressCitymoney express
CG DetailCG Detail
Yeti AirlinesYeti Airlines
Maruti cementMaruti cement
सम्पादकीय
प्रहरी समायोजनमा आनाकानी नगर
प्रहरी समायोजनमा आनाकानी नगर
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu