site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५ प्रतिशत क्यास ब्याक

काठमाडौं । ग्लोबल आईएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई कार्डमार्फतको पहिलो कारोबारमा २५ प्रतिशत क्यास ब्याक दिने अफर सार्वजनिक गरेको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ल्याएको यस क्यास ब्याक अफरमा पहिलोपटक ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डमार्फतको कारोबार गर्ने ग्राहकले अधिकत २५ प्रतिशत अर्थात् ५०० रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्नेछन् ।

Argakhachi Cement Island Ad

यो अफर कात्तिक ३ गतेसम्म चल्ने बताइएको छ । ग्लोबल आईएमई बैंकले मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेका बैंकले जानकारी दिएको छ ।

बैंकले हाल ३५० शाखा कार्यालय, ३६८ एटीएम, ३२२ शाखारहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्