site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माइतीघरमा आवासीय चिकित्सकको नारा– एनएमए मुर्दावाद !

काठमाडौं । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् । मणिपाल शिक्षण अस्पताललगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरुले बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएर विरोध जनाएका हुन् । स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग राखेका छन् ।

आन्दोलनलाई सम्बोधन गर्न माइतीघर पुगेका नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. अनिलविक्रम कार्कीलाई उनीहरुले घेराउ गरेर बोल्न नदिई नाराबाजी गरेका छन् ।

चिकित्सकको चर्काे नाराबाजीपछि अध्यक्ष कार्की केही नबोली त्यहाँबाट फर्किएका छन् । अध्यक्ष कार्कीकै अगाडि प्रदर्शनरत चिकित्सकहरुले एनएमए झोले हो, आश्वासन चाहिँदैनलगायत नारा लगाए ।

विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै आन्दोलनरत चिकित्सक शेषराज घिमिरेले सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर कारबाही गर्न माग गरे । उनले सरकारले पक्राउ गरी कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro