site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध बनाएको पाँच कीर्तिमान
फाइल तस्बिर ।
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध २७३ रनको जित निकाल्दा विभिन्न पाँच कीर्तिमान बनाएको छ । 

बुधबार चीनको हाङझाउस्थित जेजियाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ३१४ रनको योगफल खडा गरेको थियो । 

ट्वान्टी–२० क्रिकेटमा हालसम्म कुनै पनि टिमले बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो । रोमाञ्चक तथ्य के भने नेपालले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि ३१४ रन बनाउन सकेको छैन । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्मकै उच्च योगफलको रूपमा ३१० रन बनाएको छ ।

Agni Group

मंगोलियाविरुद्ध नेपालले बनाएका पाँच कीर्तिमान

उच्च योगफल

Global Ime bank

अन्तर्राष्ट्रिय क्रिकेटमा मंगोलियाको यो ‘डेब्यु’ खेल थियो । यसैकारण अनुभवविहीन मंगोलियाबाट नेपाली ब्याटरले भरपुर फाइदा लिए । कुशल मल्लको शतक र कप्तान रोहितकुमार पौडेलसँगै दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ३१४ रनको योगफल खडा गरेको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो हालसम्मकै उच्च स्कोर हो । यसअघि अफगानिस्तानले आयरल्यान्डविरुद्ध २७८ रन बनाउनु नै हालसम्मकै उच्च योगफल थियो । 

फराकिलो जित 

नेपालले प्रस्तुत गरेको ३१५ रनको लक्ष्य पछ्याएको मंगोलियाले १३.१ ओभरमा सबै विकेट गुमाएर ४१ रनमात्र बनाउन सक्यो । नेपालले २७३ रनको जित दर्ता गर्‍यो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टिमले निकालेको यो अहिलेसम्मकै फराकिलो जित हो । यसअघि चेक गणतन्त्रले टर्कीविरुद्ध सन् २०१९ मा २५७ रनको जित निकाल्दै यो कीर्तिमान बनाएको थियो ।

सर्वाधिक छक्का

मंगोलियाविरुद्ध विस्फोटक ब्याटिङ गरेको नेपाली टिमले कुल २६ छक्का प्रहार गर्‍यो । योसँगै नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै इनिङमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान पनि आफ्नो नाममा लेखायो । 

यसअघि यो कीर्तिमान पनि अफगानिस्तानकै नाममा थियो । अफगानिस्तानले आयरल्यान्डविरुद्ध २७८ रन बनाउँदा २२ छक्का प्रहार गरेको थियो । नेपालबाट कुशल मल्लले १२, दीपेन्द्रले आठ र कप्तान रोहितले ६ छक्का प्रहार गरेका थिए । मंगोलियाविरुद्ध नेपालले २६ छक्का प्रहार गर्दा १४ चौका प्रहार गरेको थियो ।

कुशलको कीर्तिमानी शतक

मंगोलियाविरुद्ध तेस्रो नम्बरमा ब्याटिङका लागि आएका कुशल मल्लले ५० बलमा १२ छक्का र आठ चौकासहित १३७ रन बनाएका थिए । हाङझाउमा आफ्नो स्वभाविक शैलीमा प्रस्तुत भएका कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए । 

योसँगै ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने क्रिकेटर बने । यसअघि भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक गणतन्त्रका सुदेश विक्रमासेकराले समान ३५ बलमा शतक प्रहार गर्दै यो कीर्तिमान राखेका थिए ।

दीपेन्द्रको कीर्तिमानी अर्धशतक

मंगोलियाविरुद्ध कुशलसँगै आक्रामक रूपमा प्रस्तुत भएका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले १० बलमा आठ छक्कासहित अविजित ५२ रन बनाए । दीपेन्द्रले मंगोलियाविरुद्ध नौ बलमै अर्धशतक बनाएका थिए । 

ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्र सबैभन्दा छिटो अर्धशतक बनाउने क्रिकेटर बने । यसअघि यो कीर्तिमान भारतका युवराज सिंहले बनाएका थिए । युवराजले सन् २००७ मा इंग्ल्यान्डविरुद्ध १२ बलमै अर्धशतक पूरा गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu