site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चुनावतिर अघि बढ्यो वाग्मती एमाले
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा (एमाले)को वाग्मती प्रदेशको नेतृत्व चयनका लागि निर्वाचन हुने निश्चितजस्तै भएको छ । देश संघीयतामा गएपछि भइरहेको प्रथम अधिवेशन नेतृत्व छान्न चुनावतिर अघि बढेको हो । 

एमालको निर्वाचन आयोगका अनुसार भोलिबाट निर्वाचन प्रक्रिया सुरु हुने छ । 

वाग्मतीको निर्वाचनमण्डलका सदस्यसमेत रहेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार बुधबार (भोलि) उमेदवारी दर्ता हुने छ भने बिहीबार निर्वाचन हुने छ ।

Agni Group

भोलि बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने छ । अन्तिम नामावली ९ बजे प्रकाशित हुने तालिका छ । बिहान ९ बजेदेखि ११ बजेसम्म उमेदवारी दर्ता हुने छ । 

भोलि अपराह्न ४ बजे उमेवारको नामावली प्रकाशन हुने छ । ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने तय भएको छ । बिहीबार बिहान ११ बजे मतदान हुने तालिका प्रकाशन भएको छ ।

Global Ime bank

नेताहरूले भने वाग्मती अधिवेशन सर्वसम्मत टुंगिने सम्भावना अझै रहेको दाबी गर्न छाडेका छैनन् । एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य सहमतिका लागि अझै पहल गरिने बताउँछिन् । 

“निर्वाचनको तालिका पनि बनेको छ । सहमतिका लागि अझै पहल गर्छौं । सहमतिको सम्भावना बाँकी नै छ,” उनी भन्छिन् । 

प्रतिनिधिहरूको भावना अनुसार अघि बढ्ने शाक्यले बताइन् ।

“प्रतिनिधिहरूको भावना पनि हेर्छाैं । चुनाव नै हुनुहुँदैन भन्ने पक्षमा हामी छैनौँ,” उनले बाह्रखरीसँग भनिन्, “चुनाव नै भए पनि स्वस्थ प्रतिस्पर्धा हुने छ ।”

एमालेका सचेतक महेश बर्तौला पनि सहमतिको सम्भावना रहेको बताउँछन् ।

“सहमतिको सम्भावना पनि छ,” उनी भन्छन् ।

 तर, एमालेका एक पदाधिकारी सहमतिको सम्भावना क्षीण भएकाले अब चुनाव नै हुने देख्छन् ।

“प्रतिनिधिहरूको चाहना चुनाव नै भइदियोस् भन्ने छ । अब चुनावको बाटोमा अघि बढ्यो । हामी पनि टिपेर ल्याउनुहुँदैन भन्ने पक्षमा छौँ,” उनी भन्छन्, “ प्रतिनिधिहरूले नेतृत्व छान्न पाउनुपर्छ । केन्द्रीय नेताहरू नै अघि बढेकाले अब मिल्ने सम्भावना देखिँदैन ।

अर्का नेताका अनुसार अहिलेसम्म उमेदवारका आकांक्षीहरूलाई एक ठाउँ राखेर सहमतिका लागि छलफल भएको छैन । त्यो वातावरण अहिलेसम्म बनिसकेको छैन । खुला सत्र र बन्द सत्रको व्यस्तताका कारण पनि छलफल हुन पाएको छैन ।

“सर्वसम्मति गर्ने त भनिएको छ । तर, अहिलेसम्म कुनै नेताले समवन्य गर्नुभएको छैन,” ती नेता भन्छन्, “अब आकांक्षीहरू अघि बढिसकेकाले त्यो सम्भावना कमै छ ।”

वाग्मती एमालेको अध्यक्ष दाबी गरिरहेका केन्द्रीय सदस्य कैलाश ढुंगेल पनि सहमति हुने सम्भावना कमै देख्छन् । उनी निर्वाचनको प्रचारमा निस्किसकेको प्रतिनिधिहरूसँगको भेटले पनि दर्शाउँछ । 

“सहमति भए भइहाल्छ । नभए निर्वाचन हुन्छ,” उनी भन्छन् ।

एमाले पोलिट ब्युरो सदस्य ईश्वरी रिजाल सहमति नभए निर्वाचन हुने बताउँछन् । 

“अध्यक्षले हिजै प्रस्ट भनिसक्नुभएको छ । चुनाव गरे पनि प्यानल बनाउन पाइँदैन,” रिजाल भन्छन्, “सर्वसम्मति नभए चुनाव हुन्छ ।”

एमालेको वाग्मती नेतृत्वका लागि केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल र कृष्ण दाहाल मुख्य प्रतिष्पर्धीका रूपमा देखिएका छन् । त्यस्तै, नेता कृष्णभक्त पोखरेल, वाग्मतीका अध्यक्ष केशवराज पाण्डे, वाग्मतीका पूर्वसभामुख सानु श्रेष्ठले पनि आकांक्षा राखेका छन् । तर, चुनाव नै हुँदा केन्द्रीय सदस्य दुईजना मात्रै मैदानमा हुने नेताहरूको दाबी छ । अरू आकांक्षीहरू चुनावी प्रतिपस्पर्धामा नउत्रिने प्रतिनिधिहरूको आकलन छ ।

सोमबार भृकुटीमण्डपमा अधिवेशनको उद्घाटन भएको थियो । अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले चुनावमा प्यानल बनाए उमेदवारी खारेज हुने चेतावनी दिएका थिए । प्यानल बन्न नदिने भन्ने अभिव्यक्तिले चुनाव भने हुन नरोक्ने संकेत गरेको बुझाइ नेताहरूको छ ।

एमालेले यसपटक जनप्रतिनिधिहरूलाई अधिवेशनमा चुनाव लड्न दिएको छैन । केन्द्रीय सदस्यहरूलाई भने चुनाव लड्न रोकेको छैन । प्रदेश अध्यक्षलाई पोलिट ब्युरोको मान्यता दिएको छ । सांसदहरूलाई चुनाव लड्न नदिएकाले पनि वातावरण अझै शान्त भएको बुझाइ एक नेताको छ ।

“सांसदहरूलाई चुनाव लड्न रोकिएको छ । केन्द्रीय सदस्यहरूलाई नरोक्दा यत्तिको भयो । सांसदहरूलाई नरोकेको भए माहोल अझै जटिल बन्ने थियो,” ती नेताको विश्लेषण छ । 

अधिवेशनको बन्दसत्र भने कमलादीस्थित प्रज्ञा भवनमा भएको थियो । अब चुनावी प्रक्रिया भने पार्टी कार्यालय च्यासलमा हुने छ । 

चुनाव विद्युतीय भोटिङ मेसिनबाट हुने छ । राम लक्ष्मण भोटिङ मेसिन प्रयोग गर्ने तयारी छ । 

राम लक्ष्मण भोटिङ मेसिनका लक्ष्मण रिमालले भोलि नोमिनेसन भए त्यसैअनुसार मेसिन फिटिङ गरिने बताए । 

“नोमिनेसन नै भएको छ । त्यसको काम सकिएपछि मेसिन फिटिङको काम हुन्छ,” उनले बाह्रखरीसँग भने ।

अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय कमिटी चयन गर्ने छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  २१:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu