site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डाक्टर कुट्नेलाई स्वास्थ्यकर्मी सुरक्षा ऐनको मुद्दा, सात दिन म्याद थप
Sarbottam CementSarbottam Cement

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पताल सोमबारदेखि तनावग्रस्त छ । उपचारको क्रममा एक महिलाको निधन भएपछि आफन्तहरूले अस्पतालमा तोडफोड मात्र गरेनन् चिकित्सकमाथि हातपात नै गरे ।

डाक्टरमाथि नै कुटपिट भएपछि अस्पतालका चिकित्सकहरूले प्रतिवाद गर्न खोजेका थिए । परिस्थिति तनावग्रस्त बन्ने देखिएपछि अस्पताल परिसरमा ठूलो मात्रामा सुरक्षाकर्मी खटिएका थिए ।

मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण बिरामी मृत्यु भएको आरोप लगाइरहेका छन् । उनीहरूले अस्पतालले क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यता, डाक्टर कुटिएको विरोधमा मंगलबार देशभर प्रदर्शन भयो । पोखराका सबै अस्पतालमा कार्यरत चिकित्सकहरूले प्रदर्शन गरे । ओपीडीबाहेकका अन्य सेवा बन्द भए । डाक्टरमाथि कुटपिट गर्नेलाई कानूनी कारबाही हुनुपर्ने माग उनीहरूको छ ।

दुवै पक्षको अडानकाबीच मणिपाल अस्पताल प्रशासनले हालसम्म कुनै निष्कर्ष निकाल्न सकेको छैन । अस्पतालमा कार्यरत एक कर्मचारीका अनुसार हालसम्म २३/२४ पटक वार्ता भइसकेको छ । 

Global Ime bank

भएको के हो ?

घटना हो, सोमबार दिउँसो १ बजेको । आइतबार लमजुङको सुन्दरबजार नगरपालिका ५ की ५७ वर्षीया सुकमाया दुरालाई आफन्तहरूले उपचारका लागि मणिपाल ल्याउँछन् । दुरामा श्वासप्रश्वास तथा ढाड दुख्ने समस्या थियो । त्यसकै उपचारका लागि आइतबार अस्पताल ल्याइएकी दुराको सोमबार दिनको १ बजे मृत्यु हुन्छ ।

उपचार गर्न भनेर ल्याइएकी दुराको मृत्यु भएपछि आफन्तहरू आक्रोशित हुन्छन् । उपचारमा डाक्टरले लापरबाही गरेको आरोप लगाउँछन् र अस्पतालमा तोडफोड गर्छन् । मृत्युको कारण खुलाउनुपर्ने माग राख्दै नाराबाजी गर्न थाल्छन् ।

त्यही भिडको निसानामा पर्छन्, डाक्टर अनिल शाह ।

डाक्टर कुटिएपछि अस्पतालमै इन्टर्न गर्ने स्वास्थ्यकर्मीहरूले पनि प्रतिवाद गर्न खोज्छन् । त्यसपछि अस्पताल परिसरमा ठूलै भिडभाड हुन्छ । मृतकका आफन्तहरूले पनि पोखरामा रहेको थप साथीहरूलाई बोलाउँछन् । बाहिरबाट आएका युवाहरूको साथ लिएर होहल्ला बढेपछि सुरक्षाकर्मीको संख्या बढाइएको थियो ।

प्रहरीले डा. शाहमाथि कुटपिट गर्ने पोखरा–५ मालेपाटनका ३४ विनय गुरुङलाई नियन्त्रणमा लिएको थियो । सोमबार प्रहरी नियन्त्रणमा रहेको गुरुङमाथि अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।

पक्राउ परेका गुरुङमाथि प्रहरीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने कसुरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

तर, सोमबार गुरुङमात्रै होइन, चिकित्सकलाई पनि कास्की प्रहरीले नियन्त्रणममा लिएको थियो । प्रहरीले सुरक्षा संवेदनशीलतालाई मनन गरी फिस्टेल अस्पतालमा कार्यरत डा. दिनेश कुमार बिकलाई नियन्त्रणमा लिएको र मंगलबार बिहान ९ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा. मिनबहादुर गुरुङको रोहरमा डा. गिरधारी शर्माको जिम्मा लगाएर छाडिएको जनाएको छ ।

तर, डा. दिनेश कुमार बिकमाथि भने प्रहरीले नै आक्रमण गरेको आरोप लागेको छ । मणिपालमा चिकित्सकमाथि हातपात भएको खबर पाएपछि त्यहाँ पुगेका बिकलाई प्रहरी निरीक्षक मदन श्रेष्ठले नै हातपात गरेको आरोप लागेको छ ।

मणिपाल अस्पताल भित्र पुगेर मृतकका आफन्तका अगाडि आफूले डाक्टर कुटेर आएको सगर्व घोषणा गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भिडमा पुगेर अपशब्द बोल्दै उनले भनेका छन्, “मैले साफ चुटेर आएको छु । अनुहार फुटेर रगत नै रगत बनाएर आएको छु ।”

भिडलाई उत्तेजित पार्ने गरी भाषण गरेका श्रेष्ठको बोलीको चर्को आलोचना भइरहेको छ । प्रहरीले यसबारेमा कुनै आधिकारिक जानकारी भने दिएको छैन ।

PKE-a-1695742641.jpg

यता, अस्पतालमा कार्यरत आवासीय चिकित्सक तथा इन्टर्नहरूले हातपात गर्नेलाई बिना धरौटी समेतको जेल चलान गर्नुपर्ने माग राखेका छन् । एक विज्ञप्ति जारी गरी उनीहरूले सोमबार साँझा ६ बजेदेखि नै ओपीडी, वार्ड, आईसीयू, इमरजेन्सीलगायत सम्पूर्ण सेवा एक हप्ताका लागि बन्द गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  २१:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय