विदेश
काठमाडौं । इटालीका पूर्वराष्ट्रपति जर्जियो नापोलिटानोको ९८ वर्षको उमेरमा निधन भएको छ । इटालीमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्रपतिको शुक्रबार निधन भएको हो ।
उनी सन् २००६ मा राष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए । २०१३ मा दोस्रो सात वर्षको कार्यकालका लागि निर्वाचित भएका थिए । उनले २०१५ स्वास्थ्य र उमेरका कारण पदबाट राजीनामा दिएका थिए ।
उनको स्थानमा वर्तमान राष्ट्रपति सर्जियो माछारेल्ला नियुक्त भएका थिए । उनको निधनमा इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीदेखि अरू राष्ट्रप्रमुखहरूले दुःख व्यक्त गरेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८० १५:००
प्रतिक्रिया दिनुहोस्