site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महानगरमा वार्ता सुरू, बालेन र ईः दुवै बसेनन्
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं ।  काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ईः का प्रतिनिधिबीच काठमाडौंमा वार्ता सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाको कार्यालयमा वार्ता सुरु भएको हो । वार्तामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अभियन्ता ईः दुवै बसेका छैनन् ।

Agni Group

दुवैतर्फका प्रतिनिधि वार्तामा सहभागी भएका छन् । आठ दिनदेखि काठमाडौं महानगरपालिकाको गेटमा उभिइरहेका ईःको पक्षमा समर्थन बढ्दै गएपछि महानगर वार्ताको लागि तयार भएको हो ।

यसअघि मंगलबार नै उपमेयर सुनीता डंगोलले अभियन्ता ईः लाई भेट्न पुगेकी थिइन् । 

Global Ime bank

ktmbarta-1695719037.jpg

वार्तामा अधिवक्ताद्वय सन्जय अधिकारी र प्रज्वला कार्की तथा फुटपाथ व्यापारीहरुका तर्फबाट सुजन गिरी, विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायण सहरी पुर्वाधार विज्ञ राज महर्जन पहिलो चरणको वार्तामा गएको अभियन्ता ई: ले जानकारी दिएका छन् ।

महानगरका तर्फबाट  दुईजना वडाध्यक्ष, कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यलगायत रहेका छन् ।

वार्तामा किन नबस्नुभएको भनी बाह्रखरीले राखेको जिज्ञासामा ईःको जवाफ थियो, “म यो विशेषज्ञ होइन । मैले अभियानकर्ताको रुपमा विषय उठाएको हुँ । वार्ता भनेको प्राविधिक कुरा हो । हामीले बुझेअनुसार यो कर्मचारीसँगको वार्ता हो । मेयरसँगको वार्ता होइन , पोलिटिकल वार्ता होइन । मैले कुराको उठान गर्न सक्छु होला तर कानुनी आधार वा विश्वका विभिन्न ठाउँमा भएको सडक व्यवसायको बारेमा डेटा र त्यो बारेमा मलाई जानकारी नभएका कारण मैले विज्ञहरुलाई पठाएको छु ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu