site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले वाग्मती अधिवेशन : राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेश अधिवेशनको बन्दसत्र जारी छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा मंगलबार बिहानदेखि बन्दसत्र सुरु भएको हो । 

बन्दसत्रमा राजनीतिक, सांगठनिक, आर्थिक र आगामी कार्ययोजनासम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको छ । प्रतिवेदनमाथि दिउँसो २ बजेदेखि छलफल हुने अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए । 

उनले निर्वाचन कार्यक्रम आजै साँझबाट सुरु हुने बताए ।

बन्दसत्र सुरु हुनुअघि गुरु बरालको नेतृत्वमा ११ सदस्यीय अध्यक्षमण्डल बनाइएको छ । बराल पार्टीको वाग्मती प्रदेश इन्चार्ज हुन् ।

समिति सदस्यहरूमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बास्कोटा, कमल चौलागाई, रामेश्वर फुँयाल, कृष्णबहादुर राई, सुशिला नेपाल, पार्वत गुरुङ, रत्ना गुरुङ रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro