site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाथीभरा आउने तीर्थयात्रीको गणना सीसी क्यामेराबाट गरिने

फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि सीसी क्यामेराबाट गरिने भएको छ । यसका लागि यहाँको ठूलो फेदीमा ‘हेड काउन्टिङ’ सीसी क्यामेरा जडान समेत गरिएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले पाथीभरा दर्शनका लागि तीर्थयात्री बासस्थानको मुख्य आधार क्षेत्र माथिल्लो फेदीमा सीसी क्यामेरा जडान गरिएको बताए ।

उनले भने, “नियमित मोनिटरिङ फेदीस्थित प्रहरीचौकीबाट हुनेछ । फेदीबाट फाइबर केबल तानेर पाथीभरा मन्दिर परिसरसम्म पुर्‍याइएको छ । फेदीमा फेस डिटेक्टिङ तथा हेड काउन्टिङ क्यामेरा समेत जडान गरिएको छ ।”

प्रविधिलाई प्राकृतिक प्रकोपबाट जोगाउने हरसम्भव उपायका उपकरणको प्रयोग गरेर यो प्रयास गरिएको छ । पाथीभरामा गरिएको यो पहिलो प्रयास भएको समितिले जनाएको छ ।

तीर्थालुको सुविधाका लागि आउँदो शनिबारदेखि सुरु हुने गरी पाथीभरा मन्दिर परिसरमा चार सीसी क्यामेरा जडान गरिएको समिति अध्यक्ष रक्की थेपेले जानकारी दिए ।

उनका अनुसार मन्दिर प्रवेशद्वार ट्रस्टमा एक, मन्दिरभित्र बायाँ ढोकातर्फ देखिने एक, मन्दिरभित्र देखिने गरी एक, मन्दिरभित्र माताको शिर देखिने गरी एक क्यामेरा जडान गरिएको छ ।

यस्तै, ठूलो फेदीमा कान्छीथान मन्दिर देखिने गरी एक सीसी क्यामेरा जडान गरिएको छ । ठूलो फेदीनजिकै प्रवेशद्वारमा तीर्थालुको संख्या गणना गर्ने गरी हेड काउन्टिङ क्यामेरा राखिएको छ । ठूलो फेदी बजार परिसरमा दुई गरी आठ सीसी क्यामेरा जडान गरिएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ०९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro