देश
काठमाडौं । गैँडाको खाग चोरी सिकारीमा संलग्न एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–२ का ४४ वर्षीय यमबहादुर बानियाँ छन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चितवनको चौबिसकोटीबाट पक्राउ गरेको हो । बानियाँले २०५५ कात्तिक २८ मा चितवन राष्ट्रिय निकुञ्ज भित्र गैँडालाई खाल्डोमा पारी खाग निकालेका थिए ।
सो घटनामा जिल्ला अदालत चितवनले २०५५ माघ २५ मा बानियाँलाई १० वर्ष कैद सजाय र एक लाख जरिबाना हुने फैसला गरेको थियो । तर, उनी त्यसयता फरार थिए । सीआईबीले २५ वर्षपछि उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: सोमबार, असोज ८, २०८० १६:०१
प्रतिक्रिया दिनुहोस्