राजनीति
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेको ध्यान सरकार बनाउनेमा नभएको बताएका छन् ।
सोमबार पार्टीको प्रथम वाग्मती प्रदेश कमिटीको अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महसचिव पोखरेलले गत निर्वाचनमा समानुपातिकतर्फ एमाले पहिलो पार्टी भए पनि सुविधाजनक बहुमत नभएकाले प्रतिपक्षमा रहेको बताए ।
"एमालेको अहिलेको ध्यान सरकार बनाउनेमा छैन । पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गरी मुलुकको विकास, समृद्धि र राजनीतिक स्थिरता हो,’’ उनले भने ।
एमाले मिसन ०८४ को बाटोमा अघि बढेको भन्दै उनले अबको यात्रा भाग्य र भविष्य निर्माण गर्नका लागि हुने बताए ।
उनले अहिले धार्मिक अतिवादीका नाममा द्वन्द्व फैलाउने प्रयत्न भइरहेको बताए ।
प्रकाशित मिति: सोमबार, असोज ८, २०८० १५:२३
प्रतिक्रिया दिनुहोस्