site stats
बाह्रखरी :: Baahrakhari
देश
सामान्य लक्षणमा आफूलाई ठूलो रोग लागेको महसुस हुन्छ ? हाइपोकोन्ड्रियासिस् हुन सक्छ
प्रतिकात्मक तस्बिर

काठमाडौं । सामान्यतः व्यक्ति आफ्नो स्वास्थ्यप्रति सजग रहन्छ नै । पछिल्लो समय इन्टरनेट/प्रविधिको बढ्दो प्रयोगले लक्षणका आधारमा रोग पहिचान गर्न खोज्ने अभ्यास झनै बढाएको छ ।

कतिपय व्यक्ति आफ्नो शरीरमा सामान्य लक्षण देखिए पनि त्यसलाई ठूलो रोगसँग जोडेर हेर्छन् । सानातिना लक्षणकै आधारमा आफूलाई गम्भीर रोग लागेको शंका गर्ने, यसबारे खोज्न थाल्ने, फरक–फरक चिकित्सककहाँ परीक्षण गराउने, चिकित्सकको सल्लाहबिना नै विभिन्न परीक्षण गराउनेजस्ता बानी व्यक्तिमा बढ्दै जान्छन् ।

व्यक्तिले सामान्य लक्षणलाई ठूलो रोगसँग जोडेर हेर्ने र मर्छु कि भन्ने डरले भौँतारिने बानी मात्रै नभएर एक प्रकारको मानसिक समस्या हो । नसा तथा मानसिक रोग विशेषज्ञ डा. प्रदीप पाण्डे यो मस्तिष्कसँग जोडिएको हाइपोकोन्ड्रियासिस् नामक समस्या भएको बताउँछन् । उनका अनुसार यो समस्यामा व्यक्तिले टाउको दुख्ने, हातखुट्टा झमझम गर्ने, तात्ने, घाँटीमा केही अड्किएजस्तो हुने, ग्याष्ट्रिक बढ्नेजस्ता लक्षणलाई पनि मुटुरोग, क्यान्सरजस्ता रोगहरुसँग जोडेर हेर्ने गर्छ ।

हाइपोकोन्ड्रियासिस् यस्तो समस्या हो, जसमा व्यक्तिलाई मानसिक रोगका लक्षण नदेखिने तर शारीरिक लक्षणहरू महसुस गर्ने अवस्था हुन्छ । यो समस्यामा बिरामीले सबै परीक्षण रिपोर्ट सामान्य आए पनि चित्त नबुझ्ने, विभिन्न परीक्षण गराउन पुग्नेजस्ता व्यवहार देखाउँछन् ।

Global Ime bank

पछिल्लो समय आफूकहाँ हाइपोकोन्ड्रियासिस् समस्या लिएर आउने बिरामीको संख्या बढिरहेको डा. पाण्डे बताउँछन् । बिरामीलाई आफूमा मानसिक रोग भएको थाहा नहुनतर शारीरिक लक्षण मात्रै महसुस गर्ने गरेको उनको भनाइ छ । 

अधिकांश बिरामीले गुगल, युट्युबबाट आफैँले आफ्नो रोग पत्ता लगाउन खोज्दा समस्या झन् जटिल बनाइरहेको उनको अनुभव छ । सबै परीक्षण रिपोर्ट सामान्य भए पनि व्यक्तिमा ठूलो रोग छ भन्ने डर महसुस भएमा वा माथिकामध्ये कुनै पनि लक्षण देखिएमा मानसिक रोग विशेषज्ञबाट परामर्श लिन डा. पाण्डेको सुझाव छ ।

यस्ता बिरामीलाई विशेषज्ञले विभिन्न थेरापीको माध्यमबाट उपचार गर्ने उनले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu