site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
के हो डिजिटल बैंक ?

काठमाडौं । असोज २ गते बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले डिजिटल बैंक स्थापना गर्न ऐन तथा नियम संशोधन गर्ने निर्णय गर्‍यो । उक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादर श्रेष्ठ सहभागी थिए ।

डिजिटल बैंक स्थापना गर्न सरकारले बजेटमा नै व्यवस्था गरेको छ । सो व्यवस्थालाई पूर्णता दिन ऐनलाई संशोधन गर्ने निर्णय गरिएको हो । पछिल्लो सयम बैंक तथा वित्तीय संस्था मर्जरमा गइरहेको समयमा डिजिटल बैंक कस्तो हुन्छ भन्ने सबैलाई चासो छ । बैंक तथा वित्तीय संस्थाको लाइसेन्स दिने र नियमा गर्ने निकाय भनेको नेपाल राष्ट्र बैंक हो ।

राष्ट्र बैंकले पनि अहिले डिजिटल बैंक स्थापनाका लागि तयारी थालेको बताइएको छ । पहिलो चरणमा यस्तो बैंक स्थापना गर्नका लागि राष्ट्र बैंक ऐन संशोधन गर्नुपर्ने हुन्छ । त्यसैले अहिले ऐन संशोधन गर्न मस्यौदा तयार गर्ने काम भइरहेको नेपाल राष्ट्र बैंकका सह प्रवक्ता डा. डिल्लिराज पोखरेलले बताए ।  

Dabur Nepal
NIC Asia

उनका अनुसार राष्ट्र बैंकले ऐन संशोधनका लागि प्रस्ताव अर्थ मन्त्रालय पठाउने छ । “धेरै प्रगति त भएको छैन । डिजिटल बैंक स्थापना गर्न ऐन संशोधन गर्नुपर्छ,” उनले भने, “अहिले ऐन संशोधनका लागि मस्यौदा तयारीको काम भइरहेको छ । पहिले ऐनमा फिजिकल बैंकिङको कुरा मात्र थियो । डिजिटल बैंक स्थापना गर्न अब केही बुँदा थप गर्नुपर्ने हुन्छ ।”

डिजिटल बैंकको अवधारणा
अहिले सबैलाई डिजिटल बैंक कस्तो हुन्छ भनेर चासोको विषय बनेको छ । नेपालमा अहिले भौतिकरूपमा उपस्थित हुनुपर्ने बैंक सञ्चालनमा छन् । तर, अन्तर्राष्ट्रिय अभ्यासमा डिजिटल बैंक पनि प्रचलनमा छन् । यस्तो बैंकले सबै कार्य अनलाइनबाट नै गर्ने छ । डिजिटल बैंकले एउटै शाखाबाट देशभर सेवा दिन सक्ने पोखरेल बताउँछन् । डिजिटल बैंकको सेवा लिन शाखा कार्यालय धाउन नपर्ने पनि अवधारण रहेको छ । यो बैंक प्रविधिमा बढी केन्द्रित हुने छ ।

अहिले सञ्चालनमा रहेका बैंकहरूले पनि डिजिटल बैंकिङ सेवा दिँदै आएका छन् । तर, डिजिटल बैंक र डिजिटल बैंकिङ भनेको फरक हो । डिजिटल बैंकबाट ऋण प्रवाह, निक्षेप संकलन तथा अन्य सेवाहरू पनि अनलाइनबाट नै हुने छन् । यो बैंकबाट सेवा लिने सेवाग्राहीहरू बैंकमा धाउन नपर्ने पनि बताइएको छ ।

अहिले सञ्चालनमा रहेका बैंकहरूले भने सीमित डिजिटल बैंकिङ सेवा दिँदै आएका छन् । डिजिटल बैंकले भने सबै सेवा अनलाइनबाट नै दिने बताइएको छ । यसका शाखा कार्यालय पनि जताततै नहुने बताइएको छ । यसरी शाखा कार्यालय कम खोल्दा बैंकको सञ्चालन खर्चमा पनि कमी आउने छ ।

यो बैंकको अभ्यास नेपालका लागि नौलो हुने पोखरेल बताउँछन् । बैंक कस्तो बनाउँने भनेर ऐन संशोधन पहिले गर्नुपर्ने उनले बताए ।

“बैंक स्थापना गर्नका लागि पहिले ऐन संशोधन गर्नुपर्छ । त्यसैले ऐन संशोधनका लागि मस्यौदा तयारी हुँदै छ,” उनले भने, “मस्यौदा तयार गरेरमात्र हुँदैन । यो ऐन संसद्‌बाट पारित हुनुपर्छ ।” प्रक्रिया धेरै अगाडि भने नबढेको पोखरेल बताउँछन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro