site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिलिन्डर खाली भेटिएपछि ग्यास उद्योगलाई दुई लाख जरिवाना

विराटनगर ।  सिल लगाएको सिलिन्डर खाली भेटिएपछि कोसी ग्यास उद्योग कारबाहीमा परेको छ । आइतबार विराटनगरस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले उद्योगलाई दुई लाख जरिवाना गराएको हो ।

विराटनगर–९ ट्राफिक चोककी अञ्जना सिंहले खरिद गरेको सिल लगाएको सिलिन्डर खाली भेटिएको थियो । उनले यसबारे वाणिज्य कार्यालयलाई जानकारी गराएकी थिइन् । 

सिल लगाएको सिलिन्डरमा १४ केजी २०० ग्राम ग्यास हुन्छ । तर, सिंहले घर लगेको ग्यासको सिलिन्डर खाली थियो । सिंहले भनिन्, “कोसी ग्यासको न्यू हिमाल डिलरका प्रतिनिधिसँग खरिद गरेकी थिएँ, सिलिन्डरमा त ग्यास नै रहेन छ ।”

उपभोक्ताबाट गुनासोसहितको जानकारी आएपछि ग्यास उद्योगलाई जरिवाना गरिएको वाणिज्य कार्यालयले जनाएको छ । कार्यालय प्रमुख हितेश बस्नेतले भने, “सिल गरेको सिलिन्डर खाली हुनु गम्भीर गल्ती हो ।”

उपभोक्ता संरक्षण ऐनअनुसार कोसी ग्यास उद्योगलाई जरिवाना गराएको उनले बताए । 

कोसी ग्यास उद्योगका प्रबन्धक सचितकुमार उपाध्ययले उद्योगबाट सही तरिकाले सिलिन्डर पठाउने गरिएको दाबी गरे । उनले भने, “सँगै भरेका उद्योगमा रहेका अरू सिलिन्डर दुरुस्त छन् । बाहिर पठाएकोमा ग्यास नहुनु अचम्मलाग्दो विषय हो ।”

उनले उद्योगको बदनामी गराउन कसैले बदमासी गरेको हुन सक्ने जिकिर गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  २०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro