बाह्रखरी फोटो
काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध फुटपाथ व्यापारीले प्रदर्शन गरेका छन् । आइतबार उनीहरूले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहबाहिर विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘गरी खान देऊ,’ ‘महानगर प्रहरी दमन बन्द गर’, ‘सहर सबैका लागि कि धनीका लागि मात्र ?’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा केही अभियन्ता समेत सहभागी थिए ।
विकल्प नदिई फुटपाथबाट व्यापारीलाई विस्थापन गरिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् । महानगरले फुटपाथ पैदलयात्रीका लागि रहेको भन्दै त्यहाँ व्यापार–व्यवसाय गर्न निषेध गरेको छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: आइतबार, असोज ७, २०८० १५:५८
प्रतिक्रिया दिनुहोस्