site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री प्रचण्ड बेइजिङमा
प्रधानमन्त्री प्रचण्ड शनिबार हाङजाउ पुग्दाको दृश्य । तस्बिर : रमेश मल्लको ट्विटरबाट ।
SkywellSkywell

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुगेका छन् । उनी शनिबार हाङजाउ आइपुगेका थिए । प्रधानमन्त्री प्रचण्ड आइतबार स्थानीय समयानुसार बिहान ११ बजे बेइजिङ आइपुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नेछन् । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ उद्योगी–व्यवसायीको संस्था सीसीपीआईटीले सम्मेलनको आयोजना गरेका हुन् ।

Dabur Nepal
NIC Asia

उक्त लगानी सम्मेलनमा नेपाल र चीनका १०० भन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुनेछन् । सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री प्रचण्ड र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आज बेइजिङमा रात्रिभोजको आयोजना गर्नेछन् । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu