site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् क्यान निर्वाचनका ८५ मतदाता 
फाइल तस्बिर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आगामी चार वर्षको नेतृत्वका लागि आज मतदान हुँदै छ । नयाँ कार्यसमिति चयनका लागि हुने मतदानमा सहभागी मतदाता नामावली प्रकाशित भएको छ ।

क्यानको नयाँ कार्यसमितिका लागि अध्यक्षमा चतुरबहादुर चन्द र विनय राजभण्डारीले उमेदवारी दिने घोषणा गरेका छन् ।

चन्द प्यानलबाट सचिवमा पूर्वकप्तानसमेत रहेका पारस खड्का र कोषाध्यक्षमा पदम खड्काले उमेदवारी दिने निश्चित भएको छ । सचिवमा पारसलाई प्रशान्तविक्रम मल्लले चुनौती दिनेसमेत पक्का भएको छ ।

काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटेलमा हुने निर्वाचनका लागि ८५ जना मतादाताको नामावली प्रकाशित भएको छ । क्यानको विधानअनुसार एक जिल्ला संघबाट एक प्रतिनिधि र केन्द्रीय कार्यसमिति गरी ८६ जना प्रतिनिधिले मत हाल्न पाउनेछन् । तर, झापाबाट मनोज कटुवाल र लाक्पा लामा गरी दुईजना प्रतिनिधि आएकाले मताधिकार खोसिएको छ । यसकारण आज हुने निर्वाचनमा ८५ मतदाताले मत हाल्नेछन् ।

1-1695440649.jpg

2-1695440620.jpg

3-1695440593.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro