site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डा. ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’ लोकार्पण

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तक लोकार्पण गरिएको छ ।

शुक्रबार एक समारोहका बीच लेखककी आमा राजकुमारी देवी सिंहले पुस्तकको लोकार्पण गरेकी हुन् ।

lokarpan3-1695397217.jpg

संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडा लगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको छ । पुस्तकमा सम्बन्धको गहिराइलाई केलाइएको छ ।

lokarpan2-1695397215.jpg

त्यस्तै, व्यक्तिको कर्तव्य, सोच र दायित्व लगायतका विषयमाथि केन्द्रित हुँदै  मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास लेखकले लिएका छन् । पुस्तकमा सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवम् पेसागत जिम्मेवारीलाई निर्वाह गर्न सकिने उल्लेख गरिएको छ।

कार्यक्रम वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा आईओएमका पूर्वडिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले लेखकको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पारेका थिए ।

lokarpan6-1695397219.jpg

पुस्तक लोकार्पण कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइराला, पूर्वराजदूत प्रा.डा. विश्वम्भर प्याकुरेल लगायतले भिडियोमार्फत् शुभकामना सन्देश दिएका थिए ।

पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्ड तथा २४० पृष्ठ छन् । पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका निम्ति डा. ओम फाउन्डेसनमार्फत् खर्च गरिनेछ ।

lokarpan7-1695397220.jpg

पुस्तक अनलाइन र पुस्तक पसल तथा सुपरस्टोर दराज, ई–सेवा, हाम्रो पात्रो अनलाइन लगायतका प्लेटफर्म, डा.ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेसबुक पेजबाट पुस्तक अर्डर गर्न सकिनेछ ।

समीक्षा पब्लिकेसनले देशभरका पुस्तक पसलमा बिक्री वितरण गर्नेछ । यसबाहेक पुस्तक भाटभटेनी सुपरमार्केटका देशभरका आउटलेट र विभिन्न कफी सप तथा क्याफे आउटलेटहरूमा समेत उपलब्ध हुनेछ । काठमाडौं उपत्यकाभित्र भने पुस्तक निःशुल्क डेलीभरी गर्ने सुविधा छ ।

lokarpan4-1695397217.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  २१:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro