site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
टेबल टेनिसमा महिला–पुरुष दुवैतर्फ नेपाल पराजित

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदको टेबल टेनिसको प्रारम्भिक चरणमा नेपाल महिला र  पुरुष दुवैतर्फको टिम इभेन्टमा पराजित भएको छ ।

शुक्रबार भएको खेलमा नेपाल महिलातर्फ समूह ‘एफ’ को खेलमा सिंगापुरसँग ३–० ले पराजित भएको हो  ।

Dabur Nepal
NIC Asia

गोन्सु कानल स्पोर्ट्स पार्क जिम्नाजियमा सम्पन्न एकतर्फी बनेको पहिलो खेलमा नविता श्रेष्ठ जिन्गी झोउसँग ४–११, ३–११, ४–११ ले पराजित भइन् ।

दोस्रो खेलमा सिक्का सुवालले जियान जिंगसँग २–११, १–११, ४–११ ले पराजित भइन् । रु–सिङ वांगसँगको खेलमा पनि इभाना थापामगर ३–११, ७–११, ४–११ ले पराजित भइन् ।

पुरुषतर्फ समूह ‘बी’ को खेलमा नेपाल जापानसँग ३–० ले पराजित भयो । पहिलो सेटमा तोमोकाजु हारिमोटोलाई हराउँदै रुविन महर्जनले नेपाललाई राम्रो सुरुआत दिलाएका थिए  । जापानविरुद्ध नेपालका कुनै पनि खेलाडीले सेट जितेको यो पहिलो पटकसमेत हो ।

पहिलो सेट ११–६ ले जितेका सुविनले त्यसपछि भने २–११, ३–११, ५–११ ले हार बेहोरे ।

नेपालका संयोग कपाली जापानका माहारु योशीमुरासँग ७–११, ३–११, ७–११ र विलोश श्रेष्ठ सुन्सुके तोगामीसँग ११–६, ११–३, ११–३ ले पराजित भए ।

अब नेपालले शनिबार पुरुषतर्फ उत्तर कोरिया र महिलातर्फ भारतविरुद्ध खेल्ने तालिका छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro