site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल एयरलाइन्सको न्यारोबडीमा पुनः समस्या

काठमाडौं । नेपाल एयरलाइन्सको न्यारोबडी जहाजको इन्जिन जडान गर्ने क्रममा पुनः समस्या आएको छ । एयरलाइन्सको न्यारोबडी कल साइन नम्बर नाइन एक– ऐकेएक्स जहाजको इन्जिनमा समस्या आएको थियो । जसले गर्दा जहाज जुन २२ देखि ग्राउन्डेड थियो ।

करिब तीन महिना ग्राउन्डेडपछि गत सेप्टेम्बर १७ मा इन्जिन मर्मतको लागि इजरायल लगिएको थियो । जहाजको इन्जिन परिवर्तन गरेर जडान गर्दा पुनः समस्या आएको निगमका एक कर्मचारीले जानकारी दिए ।

“जहाजको इन्जिन परिवर्तन गरियो । जडान गर्दा सानो समस्या आएको हो । अब, त्यो मर्मत नगरेर फर्किने कुरा भएन । अहिले त्यसको मर्मत भइरहेको छ । जसले गर्दा मर्मतको लागि थप केही दिन लाग्ने भएको छ, ती कर्मचारीले बाह्रखरीसँग भने ।

उक्त विमानले शुक्रबारदेखि नियमित उडान गर्ने तालिका थियो । तर, जहाज इजरायलमा नै रोकिएपछि ती उडान रद्द भएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro