site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा गठबन्धनको प्रतिस्थापन विधेयकसमेत समेटेर बजेट पास गराउने तयारी

विराटनगर । कोसी सरकारले बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न गठबन्धन सरकारले ल्याएको विधेयकलाई समेत समेटेर बजेट पारित गराउने तयारी गरेको छ । प्रदेश सभाको हिउँदे अधिवेशन सुरु गरेर प्रतिस्थापन विधेयक ल्याउने तयारी भएको एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले जानकारी दिए ।

संसदीय पत्रकार मञ्च कोसी प्रदेशले बिहीबार विराटनगरमा आयोजना गरेको ‘माननीयसँग संसदीय पत्रकार’ विषयक अन्तरसंवादमा भण्डारीले भने, “बजेट शून्यता हटाउन दोस्रोपटक सरकारले अध्यादेशमार्फत बजेट ल्याएको छ । अब प्रतिस्थापन विधेयक ल्याएर पारित गराउने तयारी छ । तर, गठबन्धन सरकारले अघिल्लो अध्यादेश प्रतिस्थापन गर्न ल्याएको विधेयकलाई समेत समेटिने छ ।”

भण्डारीले गठबन्धनले प्रतिस्थापन विधेयकमा समेटेका विकाससँग सम्बन्धित योजना काट्ने कुनै तयारी नभएको बरु छलफल गरेरै अघि बढ्ने तयारी रहेको सुनाए । 

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले जेठ ३२ गते आर्थिक र विनियोजन अध्यादेशमार्फत प्रदेशको बजेट सार्वजनिक गरेका थिए । त्यसबेला सरकारले क्षेत्रगत नीति तथा कार्यक्रमहरू कार्यान्वयनका लागि बजेट विनियोजन र स्रोत व्यवस्थापनका लागि रु. ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट ल्याएको थियो ।

सर्वोच्च अदालतको परमादेशपछि प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा एमालेका हिक्मत कार्की पुनःमुख्यन्त्री बनेका छन् । कांग्रेसका उद्धव थापा नेतृत्वको सरकारले बजेट अधिवेशन अन्त्य गरेपछि सदनमा प्रस्तुत भएको प्रतिस्थापन विधेयक पारित हुन नसक्दा प्रदेशमा बजेट शून्यता भएको थियो । कार्की मुख्यमन्त्री बनेसँगै उनैले फेरि भदौ २४ गते बजेट सम्बन्धी अध्यादेश जारी गरेका थिए ।

कार्कीले पहिलोपटक जारी गरेको आर्थिक र विनियोजन अध्यादेश प्रतिस्थापन विधेयकमार्फत ६० दिनभित्र प्रदेश सभाबाट पारित भइसक्नुपर्ने थियो । तर, उनले विश्वासको मत प्राप्त गर्न नसकेपछि असार १५ मै सरकार अल्पमतमा पर्‍यो । त्यसपछि गठबन्धनका थापाको नेतृत्वमा सरकार बन्यो । बजेट अधिवेशन अन्त्य नहुँदै आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतमले प्रतिस्थापन विधेयक सभामा पेस गरे । त्यसउपर छलफल भई पारित हुन पाएन । 

थापा नेतृत्वको सरकारले भदौ ६ गते संसद्को चालु तेस्रो अधिवेशन अन्त्य गरिदियो । बजेट भदौ १० गतेसम्ममा पास हुनुपर्ने थियो । त्यो नहुँदा कोसी प्रदेश बजेट शून्यतामा गएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  २१:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro