अर्थ व्यवसाय
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बद्ल्न निक्षेप तथा कर्जा सुरक्षा कोर्षले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।
कोर्षको ५०औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, "यसका लागि निजी क्षेत्रले पनि सकारात्मक भाइभ फैलाउनुपर्छ ।"
अर्थतन्त्रमा देखिएका समस्या विस्तारै कम हुँदै गएको उनको भनाइ थियो ।
कार्यक्रममा उनले भने, "समस्या सम्बोधनका लागि सरकारले फेसिलेट गर्ने काममा कमी हुन दिने छैन । सरकारले अप्ठ्यारा हटाउँदै जानेछ, कतिपय हटिसकेका छन्, घटिसकेका छन् ।"
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८० १७:५६
प्रतिक्रिया दिनुहोस्