site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षक आन्दोलन : विद्यालय जिल्लामा, हाजिर माइतीघरमा

काठमाडौं । काठमाडौंमा जारी शिक्षक आन्दोलनका क्रममा बिहीबार सुनसरीको बर्जु गाउँपालिकाका शिक्षक माइतीघरमा बसेर माइन्युटमा हाजिर गरिरहेका देखिए । गाउँपालिकाका सबै सामुदायिक विद्यालयबाट आएका शिक्षकले एउटै माइन्युटमा हाजिरी गरेको उनीहरूले बताए ।

भक्तपुरको अरनिको माविकी एक शिक्षकले आफ्नो विद्यालयबाट आन्दोलनमा सहभागी हुन ३४ जना हाजिरकापी बोकेरै काठमाडौं आएको बताइन् । बुधबार र बिहीबारको हाजिर प्रदर्शनस्थलमै बसेर गरेको उनले सुनाइन् ।

h3-1695291568.jpg

विद्यालय शिक्षा विधेयक, २०८० को विरोधमा काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी अधिकांश शिक्षकले यहीँ बसेर हाजिर गरेका छन् । विद्यालय बन्द गरेर आएका उनीहरूले माइन्युटमा ‘काजमा रहेको’ व्यहोरा खुलाएका छन् ।

दैनिक रूपमा नेपाल शिक्षक महासंघलाई हाजिर बुझाउने र सोही आधारमा विद्यालयमा आफ्नो उपस्थिति कायम गराउने उनीहरूको भनाइ छ । आन्दोलनका क्रममा प्रभावित पठनपाठन भने उनीहरूले सार्वजनिक बिदा र शनिबार समेत कक्षा सञ्चालन गरेर पूरा गर्ने बताएका छन् ।

h5-1695291593.jpg

सरकारका तर्फबाट शिक्षा, कानुन र अर्थसहितको मन्त्रीस्तरीय टोली वार्तामा नबसेसम्म आन्दोलन नरोक्ने शिक्षक महासंघले जनाएको छ ।

h2-1695291609.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro