site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साफ यू–१९ च्याम्पियनसिप : भारतको सुखद सुरुआत 

काठमाडौं । साविक विजेता भारतले साफ यू–१९ च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशविरुद्ध ३–० को सहज जित निकालेको छ । 

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भारतलाई सहज जित दिलाउन ज्वज्वम्सार गोयरी नोएबा, मैतेई र अर्जुन सिंहले गोल गरे । 

भारतले खेलको पहिलो मिनेटमै अग्रता बनाएको थियो । खेलको ३३औँ सेकेन्डमा ज्वज्वम्सार गोयरीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा नोएबा मैतेईले गोल गर्दै भारतको अग्रतालाई दोब्बर पारेका थिए ।

पहिलो हाफमा दुई गोल गरेको भारतले दोस्रो हाफमा एक गोल थप्यो । ९०औँ मिनेटमा अर्जुन सिंहले गोल गरेपछि भारतले साविक उपविजेता बंगलादेशविरुद्ध ३–० को सहज जित निश्चित गर्‍यो। 

जितसँगै तीन अंक जोडेको भारत समूह 'बी' को शीर्ष स्थानमा उक्लिएको छ । यो समूहमा भारत र बंगलादेशसँगै भुटान छ । 

भारतले अब सोमबार भुटानविरुद्ध खेल्नेछ । 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro