site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
छिमकी राष्ट्रहरूसँग सन्तुलित र सकारात्मक सम्बन्ध कायम गर्नुपर्नेमा जोड 
Sarbottam CementSarbottam Cement

काठमाडौं । परराष्ट्र मामिलाका जानकारहरूले छिमकी राष्ट्रहरूसँग सन्तुलित र सकारात्मक सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिएका छन् । 

बुधबार काठमाडौंमा भएको ‘समकालीन नेपाली राजनीतिमा आन्तरिक तथा बाह्य आयाम’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरूले छिमेकी मुलुकसँग व्यापार र आर्थिक साझेदारीका विषयमा काम गर्नुपर्ने बताए ।  

पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा (एमाले)का उप–महासचिव प्रदीप ज्ञवालीले केही कमजोरी रहे पनि नेपालको संविधान राम्रो रहेको बताए । नेपाल भूराजनीतिक चपेटामा परेको कारण देखाएर बसिरहन नमिल्ने उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

छिमकी राष्ट्रहरूसँग सन्तुलित र सकारात्मक सम्बन्ध कायम गरेर व्यापार र आर्थिक साझेदारीका विषयमा काम गर्नुपर्नेमा उनको जोड थियो । 

नेपाल बुद्धिजीवी परिषद्ले गरेको कार्यक्रममा प्रा.डा. मीना वैद्य मल्लले नेपालले अवलम्बन गरेको परराष्ट्र नीति, नेपालको परराष्ट्र सम्बन्ध तथा आन्तरिक र बाह्य आयामहरूको चर्चा गरिन् । 

Global Ime bank

नेपालको तर्फबाट चीनका लागि पूर्वराजदूत डा. महेश मास्के र इजरायलका लागि पूर्वराजदूत डा. अञ्जान शाक्यले विश्व अहिले द्वन्द्वको भुमरीमा फस्दै गएकाले नेपालले शान्तिको लागि कूटनीति गर्नुपर्ने बताए । 

संयुक्त राष्ट्रसंघका लागि पूर्वराजदूत डा. दिनेश भट्टराईले नेपालको भूराजनीतिक परिवेश संवेदनशील भएकाले यसलाई मध्यनजर गर्दै नेपालले फाइदा उठाउन सक्नुपर्ने बताए ।  

नेपाल बद्धिजीवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले कुनै पनि धनी राष्ट्रले आर्थिक भौतिक सहयोग गर्दा उसका स्वार्थ हुने भएकाले त्यसमा सजग हुँदै देशलाई आत्मनिर्भर बनाउनु पर्ने कुरामा जोड दिए । 

वैदेशिक सम्बन्ध केन्द्रका अध्यक्ष डा. राजेन्द्र चापागाईंले विश्व शक्ति एसियातिर सिफ्ट हुन थालेको बताए । नेपालका दुई ठूला छिमेकी राष्ट्र भारत र चीनले अन्तर्राष्ट्रिय स्तरमा ठूलो फड्को मारिसकेकाले नेपालले त्यसको फाइदा उठाउन सक्नुपर्ने उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement