site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाकिस्तानसँग खेल्दै नेपाल

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपको पाँचौँ संस्करण आजदेखि नेपालमा सुरु हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा बिहीबार दुई खेल हुनेछन् ।

यो संस्करणमा दक्षिण एसियाका ६ टिम सहभागी छन् । फुटबल एसोसिएसनको विवादका कारण श्रीलंकाले प्रतियोगितामा सहभागिता जनाएको छैन ।

समूह ‘ए’मा घरेलु टिम नेपालसँगै माल्दिभ्स र पाकिस्तान छन् । समूह ‘बी’मा साविक विजेता भारत, साविक उपविजेता बंगलादेश र भुटान छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने यो खेल दिउँसो १ः३० बजे सुरु हुनेछ । दोस्रो खेलमा नेपाल र पाकिस्तान आमनेसामने हुनेछन् । यो खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

सन् २०१५ देखि सुरु भएको प्रतियोगिताको पहिलो संस्करण नेपालले नै जितेको थियो । त्यसयता चार संस्करण आयोजना भइसक्दा नेपाल र भारतले समान दुईपटक उपाधि जितेका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ११:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro