site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘लक्ष्य उपाधि जित्ने हो’

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप बिहीबारदेखि नेपालमा सुरु हुँदै छ । प्रतियोगिताका लागि श्रीलंकाबाहेक दक्षिण एसियाका ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । 

च्याम्पियनसिपको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले घरेलु टिमको लक्ष्य उपाधि भएको प्रतिक्रिया दिए ।

“हाम्रो लक्ष्य भनेको सुरुमा पहिलो चरणबाट सेमिफाइनलमा पुग्नु हो । सेमिफाइनलपछि फाइनलको लागि फाइट गरेर फाइनल जित्ने नै हो,” प्रशिक्षक श्रेष्ठले भने, “सन् २०१५ मा नेपालले यस प्रतियोगिताको उपाधि जित्दा म सहायक प्रशिक्षक थिए । यसपटक पनि घरेलु मैदानमा हुँदा समर्थकको साथ पनि हुन्छ । खेलाडीहरू पनि आत्मविश्वासी छन् । यसैकारण राम्रो नतिजा ल्याउने विश्वास छ ।”

उनले तयारीका लागि छोटो समय पाए पनि राष्ट्रिय टिमसँग अभ्यास खेल खेल्दा आफ्नो टिम आत्मविश्वासी बनेको बताए ।

“तयारी एकदमै राम्रो भइराखेको छ । यसपटक समय अलि कम भएर राष्ट्रिय टिमसँग तयारी खेलहरू खेल्यौं । राष्ट्रिय टिमसँगको खेलका लागि टिम आत्मविश्वासी बनेको छ,” प्रशिक्षक श्रेष्ठले थपे, “तयारी खेलहरूका कारण हामीले ओपन सेलेक्सनबाट आएका खेलाडीहरूलाई पनि टिममा एडजस्ट गरिसकेका छौँ । सबैले हार्ड वर्क गरिरहेका छन् । ओपन सेलेक्सनबाट आएको भए पनि सबै खेलाडीहरू खेलिरहेका थिए । ए डिभिजनमा नभए पनि बी र सी डिभिजन लिगमा खेलिरहेका थिए ।”

नेपाली टिमका कप्तान जियारथ सेखले छोटो समयमा नेपाली टिमले राम्रो तयारी गरेको बताए ।

“तयारी सानो समयमा पनि राम्रो भइरहेको छ । भोलिको नतिजा राम्रो हुनेछ भन्ने आशा छ,” कप्तान जियारथले भने ।

बिहीबारदेखि सुरु हुने प्रतियोगिताको आफ्नो खेलमा नेपालले पाकिस्तानसँग खेल्नेछ । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान र माल्दिभ्स छन् ।

यस्तै, समूह ‘बी’ मा भारत, बंगलादेश र भुटान छन् । प्रतियोगिताको पहिलो खेलमा भने भोलि दिउँसो समूह ‘बी’ का भारत र बंगलादेश भिड्ने तालिका छ । च्याम्पियनसिपका सबै खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro