site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चिकित्सक र सरकारबीच वार्ता भएको तीन दिन नबित्दै अर्का स्वास्थ्यकर्मीमाथि आक्रमण 

काठमाडौं । नेपाल चिकित्सक संघ र सरकारबीच वार्ता भएको तीन दिन नबित्दै अर्का स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । 

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने सहमति भएपनि अर्का एक स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । 

कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मंगलबार राति ड्युटीमा खटिएका अहेब नरेन्द्रप्रसाद गैरेमाथि हातपात भएको हो । 

राति ११ः१५ बजे केन्द्रमा ल्याइएका घाइतेको उपचारमा खटिएका गैरेमाथि बिरामीसँगै आएका व्यक्तिले हातपात गरेको केन्द्रले जनाएको छ । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्ति बेलौरी–५, मैनाहाका रामबहादुर खड्का रहेका छन् । 

केन्द्रको सीसीटीभी फुटेजमा खड्काले औँला उठाएर गालीगलौज गर्दै गैरेको घाँटी अठ्याएर धकेलेको देखिन्छ । खड्काले दोस्रोपटक पनि हातपातको प्रयास गरेकोका थिए ।

सीसीटीभी फुटेजमा दुई पक्षबीच केही समय भनाभन भएको र सुरक्षा गार्ड आएर छुट्याएपछि पनि खड्काले धम्क्याउँदै उपचार कक्षबाट बाहिरिएको देखिएको छ । हातपातपछि पनि गैरेले घाइतेको उपचार गरेको फुटेजमा देखिएको छ ।

केन्द्रका अनुसार सो समयमा बेलौरी–५ मैनाहाका बाबुराम चौधरीलाई टाउको र आँखामा चोट लागेर उपचारका लागि ल्याइएको थियो । तर, उपचारमा ढिलाइ गरेको भन्दै गैरेमाथि हातपात भएको केन्द्रले जनाएको छ । 

भदौ ३१ गते स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघबीच स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐन २०७९ अनुसार कारबाही गर्नेसहित ६ बुँदे सहमति भएको थियो । 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro