site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बार्सिलोनाको सहज जित
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । पोर्चुगिज फरवार्ड जाओ फेलिक्सले दुई गोल गरेपछि यूईएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले बेल्जियमको क्लब एन्टवार्प एफसीविरुद्ध ५–० को फराकिलो जित निकालेको छ ।

घरेलु मैदान स्टाडियो ओलम्पिको लुइस कम्पनिसमा भएको खेलमा बार्सिलोनाका फेलिक्सले दुई गोल गर्दा रोवर्ट लेवान्डोवस्की र गाभीले समान एक गोल गरे । बार्सिलोनाले एक गोल भने एन्टवार्पका जेले बाटाइलीबाट आत्मघाती उपहार पाएको थियो ।

Agni Group

फेलिक्स खेलको ११औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । १९औँ मिनेटमा लेवान्डोवस्कीले बार्सिलोनाको अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि नै बाटाइलीबाट आत्मघाती गोल पाएपछि बार्सिलोनाले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो ।

५४औँ मिनेटमा गाभीले गोल गरेपछि बार्सिलोनाले अग्रतालाई ४–० मा पुर्‍यायो । ६६औँ मिनेटमा फेलिक्सले दोस्रो गोल गर्दा बार्सिलोनाले अग्रतालाई ५–० मा पुर्‍याएको थियो ।

Global Ime bank

गत सिजन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको बार्सिलोनाले यो जितसँगै समूह ‘एच’ मा तीन अंक जोडेको छ । नयाँ सिजनको पहिलो खेलमै हार बेहोरेको एन्टवार्प समूहको पुछारमा छ ।

मंगलबार नै भएको समूह ‘एच’को अर्को खेलमा एफसी पोर्टोले सख्तर डोनेस्कलाई ३–१ ले हरायो । पोर्टोको जितमा गलेनोले दुई र मेहदी टरेमीले एक गोल गरे । डोनेस्कका केभिन केल्सीले एक गोल फर्काएका थिए ।

जितसँगै तीन अंक जोडेको पोर्टो समूहको दोस्रो स्थानमा उक्लिएको छ । अंकविहीन सख्तर डोनेस्क तालिकाको तेस्रो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ०९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu