-1695126880.jpg)
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र सहिद स्मारक ‘सी’ डिभिजन लिगका क्लबहरुबीचको बैठकले दिवाकर घलेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ ।
मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको बैठकले गठन गरेको समन्वय समितिमा शुशील सुवेदी सहायक संयोजक र विवेक राई सदस्यका रुपमा रहेका छन् । समितिले ‘सी’ डिभिजन लिग र अन्य विषयमा एन्फा र ‘सी’ डिभिजन लिगका क्लबहरुसँग संयुक्त रुपमा काम गर्नेछ ।
बैठकमा प्रतियोगिताका विभिन्न विषयमा छलफलपछि एन्फा र ‘सी’ डिभिजन क्लबबीच सहजीकरणका लागि समिति गठन गर्ने सहमति भएको थियो । बैठकमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राईसँगै ‘सी’ डिभिजन क्लबका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।