site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ग्लोबल आईएमई बैंकको वरिष्ठ डेपुटी सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । ग्लोबल आईएमई बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले रेग्मीलाई असोज १ गतेदेखि वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।

करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ वैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आईएमई बैंकमा प्रवेश गरेका थिए । ग्लोबल आईएमई बैंकमा विगत १५ वर्षदेखि कार्यरत रेग्मी यसअघि नायव प्रमुख कार्यकारी अधिकृत थिए । उनीसंग बैंकिङ क्षेत्रको करिब ३५ वर्ष लामो अनुभव छ ।

Prabhu Bank
Agni Group
NIC Asia

रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा बेलायतको युनिभर्सिटी अफ वेल्सबाट एमबीए गरेका छन् ।

ग्लोबल आईएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, एसएमई र खुद्रा व्यापार, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङको सुपरीवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकर मानिन्छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement