site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुलेश्वरमा सुनको सिक्री लुटपाट, लुट्ने र किन्नेसहित चारजना पक्राउ
Tiktok banner adTiktok banner ad

काठमाडौं । सुनको सिक्री लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोटरसाइकल चालक ४४ वर्षीय सुरज गुरुङ, मोटरसाइकलको पछाडि बसेर सिक्री तान्ने ४८ वर्षीष अनवर हुसेन अन्सारी रहेका छन् । 

यसैगरी, सुन बिक्री गर्न सहयोग गर्ने भारतका ४७ वर्षीय शक्ति भौमिक र सुन खरिद गर्ने भारतकै ३० वर्षीय सचिन गाड्वेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

भदौ ५ गते अपराह्न ५ बजेतिर काठमाडौंको कुलेश्वर आवास क्षेत्रनजिकै सडक किनाराबाट पैदल हिँडिरहेकी काभ्रे पाँचखाल–१२ की अप्सरा श्रेष्ठको घाँटीमा लगाएको २ तोलाबराबरको सुनको लकेटसहितको सिक्री लुटिएको थियो । 

घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro