site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सार्क सर्जिकल केयर सोसाइटीको अध्यक्षमा डा. ढकाल 

काठमाडौं । सार्क सर्जिकल केयर सोसाइटीको अध्यक्षमा डा. सुनीलकुमार शर्मा ढकाल नियुक्त भएका छन् । यही सेप्टेम्बर १४ देखि १६ सम्म श्रीलंकाको कोलम्बोमा भएको ५२औँ ‘श्रीलंका सर्जिकल कंग्रेस’ले डा. ढकाललाई अध्यक्षका रूपमा चयन गरेको हो ।

सोसाइटीमा उनी सन् २०२४–२०२५ का लागि अध्यक्षको जिम्मेवारीमा रहनेछन् । सोसाइटी सार्क मुलुकका सर्जनहरूको अनुभव तथा प्रविधि आदानप्रदान र विभिन्न देशहरूसँगको सम्बन्ध विकासका लागि सन् १९९० मा स्थापना गरिएको संस्था हो ।

नेपालबाट सार्क सर्जिकल केयर सोसाइटीको अध्यक्ष बन्ने डा. ढकाल दोस्रो व्यक्ति हुन् । उनी सोसाइटी अफ सर्जन नेपालका अध्यक्ष समेत हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro