site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेम्वाङलाई सम्झिँदै ओलीले भने– अझै पत्यार लागेको छैन, देशले असल नेता गुमायो 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङको निधन भएको अझै पत्यार नलागेको बताएका छन् । 

मंगलबार पार्टी कार्यालयमा आयोजित 'सुवास र संविधान' विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, “उहाँको स्मृतिमा बोल्नुपर्दा अनौठो लागिरहेको छ । अझै पत्यार नभएको जस्तो स्थिति भएको छ ।”

उनले राति निधनको खबर आउँदा नपात्याएको बताए । नेम्वाङको निधनबाट एमालेले असाधारण क्षति बेहोरेको उनले बताए । सिंगो देशले नै असल नेता गुमाएको उनको भनाइ छ । उनले देश बनाउन नेम्वाङले गरेको भूमिका सकारात्मक भएको बताए । 

“सुवासजीले देशलाई जस्तो बनाउन प्रयास गर्नुभएको थियो । सकारात्मक प्रयास गर्नुभएको थियो । त्यो प्रयास अघि बढाउँदा उहाँप्रतिको श्रद्धाञ्जली हुने छ,” उनले भने । 

नेम्वाङले देश, जनतालाई केन्द्रित राखेर गरेको राजनीतिबाट अरूले सिक्नुपर्ने उनले बताए । मिठो बोल्ने नेम्वाङले कहिले पनि स्वार्थी कदम नचालेको ओलीको भनाइ छ । 

“देशभक्त हुनुहुन्थ्यो । कहिले पनि स्वार्थी कदम चाल्नुभएन,” ओलीले भने ।

नेम्वाङ आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने व्यक्ति भएको उनको भनाइ छ । 

“सुवासचन्द्र नेम्वाङजी यस्तो व्यक्ति हो, मनदेखि आदरभाव उर्लिएर आउँछ । आधारभूत गुणमा कहीँ खोट नभएको व्यक्ति,” उनले भने, “ उहाँले अवसर पाउँदा, जिम्मेवारी पाउँदा कुशलताका साथ सफलतामा पुर्‍याउनुभयो ।”

ओलीले नेम्वाङ सभामुखका लागि त्यतिबेला योग्य व्यक्ति भएको बताए ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro