site stats
बाह्रखरी :: Baahrakhari
देश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
सेवाग्राहीबाट १० हजार घुस लिएको आरोपमा अमिनविरुद्ध भ्रष्टाचार मुद्दा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको लहानस्थित नापी कार्यालयमा कार्यरत अमिन दिपरन्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनले सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

Dabur nepal
Agni Group

बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट १० हजार घुस लिइसकेको अवस्थामा गत भदौ ६ गते नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानमा यादवले जग्गाको कित्ताकाट गरी जग्गाधनी दर्ता प्रमाणपूर्जासमेत बनाउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu