विदेश
काठमाडौं । प्यालेस्टाइनको टेल एस सुल्तान युनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ ।
विश्व सम्पदा समितिले आइतबार प्यालेस्टाइनको सम्पदा क्षेत्रलाई पनि राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) को विश्व सम्पदा सूचीमा समावेश गरेको हो ।
वेस्ट बैंकको जेरिकोमा रहेको टेल एस सुल्तान युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएको हो । साउदी अरेबियामा बसेको विश्व सम्पदा समितिको ४५औँ बैठकमा ऐतिहासिक स्थल थप्ने निर्णय भएको हो ।
टेल एस सुल्तान जेरिको सहर नजिकै जोर्डन उपत्यकामा अवस्थित छ । जेरी चन्द्रको सहर भनेर पनि चिनिन्छ ।
प्रकाशित मिति: मंगलबार, असोज २, २०८० १३:०८
प्रतिक्रिया दिनुहोस्