site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसीमा एकीकृत समाजवादीको साथ खोज्दै एमाले
Sarbottam CementSarbottam Cement

विराटनगर । सर्वोच्च अदालतको आदेशपछि कोसी प्रदेशमा गठित हिक्मत कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिलाउन नेकपा (एमाले)ले नेकपा (एकीकृत समाजवादी)को साथ खोजेको छ ।

पूर्वमुख्यमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य शेरधन राईले सोमबार एकीकृत समाजवादीका सचिव राजेन्द्र राईसँग छलफल गरे । पार्टी विभाजनपछि पहिलोपटक औपचारिक रूपमा दुई नेताबीच छलफल भएको हो । शेरधन कोसीका मुख्यमन्त्री हुँदा राजेन्द्र सरकारको कटु आलोचक थिए ।

लामो समयको मौनता र संवादहीनतालाई अन्त्य गर्दै शेरधनकै पहलमा दुई नेताबीच सुनसरीको धरानमा भेटवार्ता भएको हो । गएको निर्वाचनमा शेरधन भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए । राजेन्द्र प्रदेशसभा सदस्य चुनिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सर्वोच्चको आदेशपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतामा एमाले संसदीय दलका नेता कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यही असोज २० गतेभित्र उनले विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ । तर, एमाले एक्लै वा उसलाई साथ दिइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनले मात्र विश्वासको मत पुग्ने अवस्था छैन ।

एमालेबाट उपसभामुख निर्वाचित सिर्जना दनुवारले सो पदबाट राजीनामा दिए राप्रपाका समेत गरी उनीहरू पक्षका प्रदेशसभा सदस्यको संख्या ४६ हुन्छ । चार सांसद संख्या रहेको समाजवादीले साथ दिँदा कार्कीले सहज बहुमत प्राप्त गर्न सक्छन् ।

Global Ime bank

आफूहरूले औपचारिक भेटवार्ता गरेको पूर्वमुख्यमन्त्री शेरधनले बताए । उनले भने, “कोसी प्रदेशको वर्तमान राजीनिक जटिलताको विषयमा नै हामीले छलफल गर्‍यौँ । मैले एमालेलाई साथ दिन कमरेड राजेन्द्र राईलाई आग्रह गरेँ ।”

आलोपालो मुख्यमन्त्रीको जिम्मेवारीमा रहने सहमति गरेर अघि बढ्न सकिने प्रस्ताव उनले राखेको बताइएको छ । सहकार्यबारे भने कुनै सहमति भएको छैन ।

कार्कीले विश्वासको मत प्राप्त गर्न नसके कोसीमा अब संविधानको धारा १६८ (५) बमोजिम सरकार गठन हुनेछ । अहिले विपक्षी गठबन्धनमा आबद्ध दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)सँग बहुमत पुग्ने ४७ सांसद संख्या छ ।

कांग्रेसका उद्धव थापा नेतृत्वको सरकार गठन र विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको भन्दै सर्वोच्चले दुईपटक बदर गरिदिएको थियो । पहिलोपटक सभामुख समेतको हस्ताक्षर गरी बहुमत पुगेको दाबी गर्दै गठबन्धन सरकार बनाइएको थियो । दोस्रोपटक विश्वासको मत लिँदा सभाध्यक्ष समेतको मत जोडिएको प्रक्रियालाई सर्वोच्चले खारेज गरिदिएको थियो ।

एमाले नेता र आफूबीच छलफल भएको कोसी प्रदेशसभामा एकीकृत समाजवादीका संसदीय दलका नेता समेत रहेका राजेन्द्रले बताए । “तर, साथ दिने भन्ने निर्णय भएको छैन । केन्द्र र प्रदेशमा गठबन्धनमै हामी रहेको विषयमा समेत जानकारी गराएको छु । पहिलो प्राथमिकता गठबन्धनमै हो,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय