site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कालोपत्रे हुँदै छन् बागलुङका यी तीन सडक
SkywellSkywell

गलकोट (बागलुङ) । विश्व बैंकको अनुदानमा  बागलुङ नगरपालिकाका तीन सडक कालोपत्र गरिने भएको छ । विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदानका लागि सम्झौताका गरिएको थियो ।

सम्झौता अनुसार रु ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गरिने भएको हो । सम्झौताअनुसार उक्त अनुदान नगरपालिकाले भौतिक पूर्वाधार र सामाजिक कार्यमा खर्च गर्नुपर्नेछ । नगरपालिकाले भौतिक पूर्वाधारमा सडकको विकास नै पहिलो विकास भएको भन्दै उक्त अनुदानमार्फत तीन सडक कालोपत्रे गर्ने गरी काम अघि बढाएको हो ।

सम्झौता तीन वर्षपछि कार्यान्वयनमा आउन थालेको हो । जसअनुसार दुई वर्षभित्र ती सडकहरु कालोपत्रे भइसक्ने गरी बागलुङ नगरपालिकाले डीपीआरको काम सुरु गरेको छ । नगरपालिकाअन्तर्गतका तीन सडकहरु आठ मिटर चौडा बनाइनेछ भने १३ किलोमिटर लम्बाइमा कालोपत्र गरिने भएको हो ।

KFC Island Ad
NIC Asia

डीपीआर सक्दासाथ ठेक्कामा लैजाने गरी सडकको स्थाल अनुगमन, नाप जाँच तथा विश्व बैंकका प्रतिनिधिले समेत अनुगमन गरिसक्नु भएको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए ।

“दुई वर्षभित्रै तीन सडक कालोपत्रे गर्ने गरी डीपीआरको अन्तिम तयारी छ । एक महिनापछि काम सकिन्छ । त्यसपछि तत्कालै ठेक्कामा जान्छ र सडक कालोपत्र गरिन्छ,” श्रेष्ठले भने, “यस्तो अनुदान देशभरका जम्मा १७ नगरपालिकाले मात्रै पाएको बताउँदै नगरपालिकाभित्रका तीन सडक कालोपत्रले नगरलाई विकासमा टेवा पुग्न निकै सहज हुनेछ ।”

Royal Enfield Island Ad

नगरपालिकाका अनुसार वडा नं ७ को मूलपानीदेखि तितौरेसम्म साढे आठ दशमलव ६ किमि, ओडारचौरदेखि ढोडेनीसम्म साढे दुई किमि र गणेशघुम्तीदेखि नीरयघाटको डेढ किमि सडक कालोपत्र गर्न लागिएको बागलुङ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिए ।

ट्रयाकमात्रै खुलेका उक्त तीन सडकहरु स्तरोन्नतिको पर्खाइमै थिए । सङ्घ र प्रदेश सरकारको प्राथमिकतामा नपरेका र स्थानीय सरकारले निर्माण गर्न नसक्ने सडक विश्व बैंकको अनुदानमार्फत पक्की बनाउन थालिएको हो ।

ती सडकहरु अत्यन्तै सुविधा सम्पन्न हुने र नवीनतम प्रविधि प्रयोग गरेर उक्त सडकहरु निर्माण गरिनेछ । नगरपालिकाले मुकामदेखि तीनवटा वडामा कालोपत्र सडकले जोड्न पाउनेछ ।

विश्व बैंकको सहयोग निकायका प्रतिनिधि, परामर्शदाता, सहरी विकास मन्त्रालयको प्रोजेक्ट संयोजक रवीन्द्र बोहरा, सिटुटेक विधान जेभी कन्सल्ट्यान्ट तथा जिल्ला परामर्शदाताको टोली संयोजक रितु बस्नेतसहितको समूहले कालोपत्रे गरिने तीनवटै सडकको स्थलगत अनुगमन गरेर फर्कीसकेको बागलुङ नगरपालिकाले जनाएको छ । उक्त सडकहरु ६ मिटरदेखि आठ मिटरसम्म चौडा हुनेछन् ।

सडकमा पर्ने घर तथा अन्य टहरा र संरचना हटाउने काम नगरपालिकाले गर्नुपर्नेछ । बैंकले नेपालभर १७ वटा नगरपालिकामा सहरी शासकीय सुधार तथा पूर्वाधार विकास कार्यक्रममा सहयोग गरेको छ । बागलुङ नगरपालिकालाई यसअघि समेत अनुदानमा सडक निर्माण गरेको थियो ।

उक्त अनुदान सहयोगमा बागलुङ नगरपालिका–४ कुडुँले हुँदै मुलपानीतर्फको चक्रपथ निर्माण गरिएको थियो । अहिले उक्त सडकलाई टुङ्गोमा पुर्‍याइनेछ । स्थलगत अध्ययनअनुसार मुलपानीदेखि कालीमाटी जाने सडकमा ६ वटा घरटहरा हटाउनुपर्ने देखिएको हो भने ओडारचौर सडकमा १३ घरको केही भाग हटाउनुपर्ने देखिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro