site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विराटनगरका पाँच स्थानमा आजदेखि दुई महिना प्रदर्शन गर्न नपाइने
Sarbottam CementSarbottam Cement

काठमाडौं । विराटनगरका पाँच स्थानमा आजदेखि दुई महिना प्रदर्शन गर्न नपाइने भएको छ । प्रदेशको नामलाई लिएर हुनसक्ने सम्भावित प्रदर्शनलाई रोक्न प्रशासनले विराटनगरका पाँच स्थानमा प्रदर्शन तथा भेला हुन रोक लगाएको छ ।

प्रदेशको नामप्रति असन्तुष्ट विभिन्न समूहले फेरि आन्दोलनको तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले दुई महिनाका लागि सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार एक सूचना जारी गर्दै असोज १ (आज) बिहान ६ बजेदेखि लागु हुने गरी दुई महिनासम्म प्रदर्शन तथा भेला हुन रोक लगाइएको जनाएका हुन् । 

उनका अनुसार प्रदेशसभा सचिवालयबाट पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोसी अस्पताल चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नजिक पर्ने रोडशेष चोकदेखि दक्षिण जतुवा चोक, मुख्यमन्त्री निवासको ३०० मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट ३०० मिटर वरपर र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वका क्षेत्रमा प्रदर्शन निषेध गरिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement